Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

नेपालले जित्यो टी-२० श्रृंखला, दीपेन्द्रको अलराउण्ड प्रदर्शन

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

२१ चैत, काठमाडौं । दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै त्रिकोणात्मक टी-२० श्रृखंलाको उपाधि जितेको छ । नेपाललाई उपाधि दिलाउने क्रममा ब्याटिङमा अर्धशतक प्रहार गरेका दीपेन्द्रले बलिङमा ४ विकेट लिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दीपेन्द्रको अविजित ५४ रन मदद्तमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । दीपेन्द्रले नै ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिएपछि पीएनजी १६.१ ओभरमा ११७ रनमा अलआउट भयो ।

 

१३औं ओभर बन्यो टर्निङ प्वाइन्ट

१६९ रनको लक्ष्य पछ्याएको पीएनजीले पहिलो विकेट तेस्रो ओभरमा गुमाएको थियो । करण केसीले लेगा सिएकालाई व्यक्तिगत ८ रनमा आउट गर्दै नेपाललाई सफलता दिलाए ।

 

पाँचौ ओभरमा दीपेन्द्रले लगातार दुई बलमा दुई विकेट लिँदै पीएनजीलाई दबावमा राखे । कप्तान असद भाला ८ र टोली उरा शुन्यमा आउट हुँदा पीएनजी २५-३ को अवस्थामा पुग्‍यो ।

चार्ल्स अमिनी र सेस बाउले इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए, तर ३२ रनको साझेदारीपछि अमिनी दशौँ ओभरमा १५ रनको व्यक्तिगत स्कोरमा आउट भए । यद्यपि १२ ओभरको समाप्तीसम्म खेल प्रतिस्पर्धामा थियो ।

पीएनजीले ४ विकेट मात्र गुमाएर ७९ रन बनाएको थियो । उसलाई जितका लागि ८ ओभरमा ८९ रनको आवश्यकता थियो र ६ विकेट बाँकी थियो ।

 

१३औं ओभरको बलिङमा कप्तान सन्दीप आफैं आए । २ ओभर बलिङमा कुनै सफलता नपाएका उनको यो तेश्रो ओभर थियो । १३ औं ओभरको पहिलो बलमा सन्दीपलाई रिले हुकुरेले चौका हाने । दोश्रो बलमा ४ रन बाइ भयो ।तर तेश्रो बलमा हुकुरे सन्दीपको बलमा सोमपाल कामीको हातबाट क्याच आउट भए ।

त्यस लगत्तैको बलमा सन्दीले नयाँ ब्याट्सम्यान नोर्मन भानुलाई डक आउट गरे । १३ औं ओभरमा १० रन लिएपनि २ बलमा लगातार २ विकेट गुमाएको पीएनजी दबाबमा पर्‍यो ।

१४ औं ओभरको तेश्रो बलमा दिपेन्द्रसिंह ऐरीले चाद सोपरलाई १ रनमा आउट गरे । जुन पीएनजीको सातौं विकेट थियो ।

त्यसपछि १६ औं ओभरको दोश्रो र अन्तिम बलमा करण केसीले विकेट लिएपछि नेपालको जित औपचारिकतामा मात्र बाँकी थियो, जुन औपचारिकता १७ औं ओभरको दोश्रो बलमा सोमपाल कामीले पूरा गरे ।

पीएनजीका लागि सेसे बाउले अर्धशतक प्रहार गरेपनि अन्य खेलाडीले गतिलो साथ दिन सकेनन् । बाउले ३८ बल खेल्दै १ चौका र ६ छक्काको मद्दतमा ५९ रन बनाए ।

दीपेन्द्रले ४ ओभरमा १८ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । करण केसीले ३ ओभरमा २७ रन खर्चेर ३ तथा कप्तान सन्दीपले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए ।

करणसँग जमेका दीपेन्द्रको अर्धशतक

त्यसअघि आक्रामक सुरुवात गरेको नेपालले पावर प्लेमा २ विकेट गुमाएर ४४ रन बनाएको थियो । ओपनर कुशलले २२ बल खेल्दै ५ चौका मदद्तमा २५ रन बनाए । तेस्रो नम्बरमा ब्याटिङमा आएका रोहितले भने ३ बलमा २ रन बनाएर आउट भए । क्रिजमा टिकिरहेका आसिफले दीपेन्द्रसँग मिलेर इनिङ्स सम्हाले ।

दुबैले ३८ रनको साझेदारी गरे । तर १२औं ओभरमा नेपालले लगातार तीन विकेट गुमाएपछि नेपाल दबावमा आयो ।

आसिफ २९ बल खेल्दै १ छक्काको मदद्तमा २९ रन बनाएर १२औं ओभरको पहिलो बलमा आउट भए । उक्त ओभरको तेस्रो बलमा आरिफ शेख खाता नखोली आउट भए भने पाँचौ बलमा दीलिप नाथ शून्यमै पभेलियन फर्किए ।

 

पीएनजीका सेमो कमिअले एकै ओभरमा नेपालका तीन खेलाडीलाई आउट गर्दै मेडन राखे । ३ ओभरमा २८ रन खर्चेका कमिअले आफ्नो अन्तिम ओभरमा पुनरागमन गर्दै सानदार बलिङ गर्दै ३ विकेट लिएका हुन् ।

१६औं ओभरको अन्तिम बलमा आदिल अन्सारी १५ रन बनाएर आउट भए । त्यसपछि दीपेन्द्र र करण मिलेर सातौं विकेटका लागि अर्धशतकीय साझेदारी गरे । दीपेन्द्र र करणले अन्तिम चार ओभरमा ५४ रन जोडेपछि नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाउन सक्यो ।

३८ बल खेलेका दीपेन्द्र ५ चौका मद्दतमा सर्वाधिक ५४ रनमा अविजित रहे । यस्तै करणले १२ बलमा ५ चौका र १ छक्का प्रहार गरेर अविजित ३३ रन बनाए ।

 

नेपालका लागि आसिफ शेखले २९, कुशल भुर्तेलले २५ र आदिल अन्सारीले १५, रोहित पौडेलले २ रन जोडे भने आरिफ शेख र दीलिप नाथले खाता खोल्न सकेनन् ।

पीएनजीका लागि सेमो कमिअले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । यस्तै चाड सपर, कबुअ मोरेअ र रिले हेकुरेल समान एक विकेट लिए ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • ४ घण्टा अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • ४ घण्टा अगाडि
601953632_10225313283097485_3191257905718857191_n-edited-1536x1152

एमाले नेता अधिकारीद्वारा सक्रिय राजनीतिबाट बिदा लिएको...

  • ४ घण्टा अगाडि
keki_adhikari1

‘झिंगेदाउ २’ को सेटमा जन्मदिन मनाउँदै केकी...

  • १ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved