Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

‘अनमोलको अभिनयले आलोचकको मुख बन्द गर्छ’

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

काठमाडौं । वैशाख १ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ए मेरो हजुर ४’ अहिले चर्चामा छ । सोही मितिमा दक्षिण भारतीय फिल्म ‘केजीएफ’को दोस्रो सिक्वेल पनि आउने भएपछि माहोल गर्माएको छ ।

रिलिज मिति नजिकिंदै जाँदा सबै कलाकारको उपस्थितिमा फिल्मले सोमबार पत्रकार सम्मेलन आयोजना गरेको छ । जहाँ निर्देशक झरना थापादेखि कलाकारहरु अनमोल केसी र सुहाना थापा समेत उपस्थित थिए ।

 

पत्रकार सम्मेलनमा अनमोल स्टारडमलाई लिएर केही बदलिएको मुडमा सुनिए । ‘जतिबेला म फिल्म इन्डष्ट्रीमा थिएँ । मलाई स्टारको भ्यालु नै थाहा थिएन । तपाईंहरुले नै स्टार बनाइदिनुभयो । अहिले आएर स्टारको दायित्व महसुस गरेको छु,’ उनले भने ।

निर्देशक थापाले आफूलाई अनमोलको स्टारडमभन्दा फिल्ममा भरोसा रहेको बताइन् । ‘निश्चय नै अनमोल स्टार हुन् । यसमा शंका छैन । यसले फिल्मको भ्यालु थपेको छ । निर्देशकको रुपमा भन्नुपर्दा यसले जुन मनोरञ्जन मूल्य बोकेको छ । त्यो नै स्टार हो,’ उनले भनिन् ।

 

 

निर्माता सुनिलकुमार थापाले ‘ए मेरो हजुर ४’ र ‘केजीएफ च्याप्टर २’ले बराबर कमाइ गर्ने दाबी गरे । ‘फिल्मको लगानी उठ्ने भएरै मैले वैशाख १ लाई रिलिज डेट तोकेको हुँ,’ उनले भने, ‘मैले बनाएका फिल्ममध्ये उत्कृष्ट पनि यही चौथो सिक्वेल नै हो ।’

अनमोलको अभिनयले आलोचकको मुख बन्द गर्ने पनि निर्माता थापाले दाबी गरे ।

फिल्ममा अनमोल र सुहानाले प्रेमजोडीको भूमिकामा अभिनय गरेका छन् । फिल्ममा सुहानालाई नेवार समुदायकी युवतीको भूमिकामा देख्न सकिन्छ । दर्शकलाई परम्परागत नलागोस् भनेरै ट्रेलरमा सोहीअनुसार चित्रण गरिएको सुहानाको भनाइ छ ।

दक्षिण भारतीय फिल्म ‘केजीएफ-२’को नेपाल रिलिज निश्चित गरिएपछि ‘ए मेरो हजुर ४’लाई बक्स अफिसमा चुनौती खडा भएको छ । सोही मितिमा हलिउड फिल्म ‘फ्यान्टास्टिक बिट्स : सेक्रेट्स अफ डम्बब्लेडोर’ समेत प्रदर्शन हुँदैछ ।

 

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • ९ घण्टा अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • ९ घण्टा अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • ९ घण्टा अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved