Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

महाभारतका ‘युधिष्ठिर’ ले गरे सम्बन्धविच्छेदको घोषणा, चार वर्षदेखि थिए अलग

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

महाभारतमा युधिष्ठिरको भूमिका निभाएर लोकप्रियता हासिल गरेका अभिनेता रोहित भारद्वाजले श्रीमतीसँग सम्बन्धविच्छेद गर्न लागेको जानकारी दिए । निकै लामो समयदेखि रोहित भार्दवाज सानो पर्दाबाट टाढा भइरहेका थिए । वास्तवमा अभिनेताको नीजि जीवनमा केही गडबडी भएकोले उनको व्यावसायिक जीवनमा पनि यसको असर देखिएको उनले बताएका छन् ।

टुट्ने स्थितिमा पुगेको थियो विवाहः

रोहितले आफ्नो विवाह टुट्ने स्थितिमा भएको बताएका छन् । इटाइम्सलाई दिएको अन्तरवार्तामा अभिनेताले आफ्नो १६ वर्षको वैवाहिक सम्बन्ध टुट्नुको कारणबारे पनि कुरा गरेका छन् । उनका अनुसार उनी सन् २०१७ मा कामको सिलसिलामा इन्डोनेसिया पुगेर फर्किएपछि आफूहरुबीच थप झगडा हुन थालेको पनि बताए ।

उनले भने, ‘म पछिल्लो चार वर्षदेखि एक्लै बस्दै आएको छु । हाम्रो विवाहको सुरुवाती दिनदेखि नै हामीबीच कुरा मिल्दैनथ्यो तर पछि हामीबीच थप समस्या देखिन थाल्यो विशेषगरी जब म इन्डोनेशियाबाट फकिएँ । मैले श्रीमतीसँग धेरै कुरा मिलाउन खोजेँ तर आफ्नो विवाहलाई जोगाउन सकिनँ । हाम्रो सम्बन्धले भिन्नता र अनुकुलतासँग संघर्ष गर्यो । डिभोर्सको प्रक्रिया अघि बढिरहेको छ र यो दुई महिनाभित्र समाप्त हुने आशा गरेको छु ।’

रोहितले सन् २०२१ मा अर्को ठूलो बज्रपात सहनुपरेको पनि बताए । उनले सन् २०२१ मा आफ्नी आमाको मृत्युबारे पनि कुरा गरे जसबाट उनी अहिलेसम्म पनि बाहिर निस्कन नसकेको बताएका छन् । यसबारे कुरा गर्दै उनले भने, ‘उनको हृदयघातका कारण निधन भयो र म यसबाट अझै पनि बाहिर निस्कन खोज्दैछु । म बुवासँग समय बिताउनका लागि मुम्बई र दिल्ली गरिरहेको छु । ’

रोहित र उनकी पूर्व पत्नी पुनमा १० वर्षकी छोरीका आमाबुवा पनि हुन् । उनले पछिल्लो दुई वर्षदेखि आफूले छोरीलाई भेट्न नपाएको पनि बताए । उनले भने, ‘मैले मेरी छोरीलाई दुई वर्षदेखि देख्न पाएको छैन । आमाको निधन भयो, छोरी टाढा भइन् । म असाध्यै विक्षिप्त भएको थिएँ । एक्लो थिएँ ।’

तर आफू अहिले परिवर्तन भइसकेको र आमाबुवाले गर्व गर्न सक्ने गरी केही राम्रो काम गर्न चाहेको पनि बताएका छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • १ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • १ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • १ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ५ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved