देवचुली,


दिव्यपुरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ कार्यसमिति निर्वाचन अगावै सर्वसम्मत चयन भएको छ । संस्थाको अध्यक्ष पदमा पाँचौ पटक पुन : तिल प्रसाद पाठक चयन हुनुभएको छ । यसैगरि उपाध्यक्ष पदमा पवन कुमार बुढाथोकी, सचिवमा ऋषिराम पोख्रेल, कोषाध्यक्षमा धनमाया आचार्य चयन हुनुभएको छ ।



.संस्थाको सदस्य पदमा ब्लक नं १ बाट रोशन पौडेल, ब्लक नं २ बाट टिकाराम भण्डारी, ब्लक नं ३ मा हरि प्रसाद सुवेदी, ब्लक नं ४ मा कृष्ण खनाल, ब्लक नं ५ बाट सरिता खनाल, ब्लक नं ७ बाट खुमनाथ लम्साल, ब्लक नं ८ बाट तुलनारायण सन्यासी, ब्लक नं ९ बाट अम्बिका भट्टराई निर्बिरोध चयन भएका हुन् । यसैगरि संस्थाको लेखा समिति संयोजकमा अन प्रसाद भण्डारी, लेखा सदस्यमा भोजराज पौडेल र कृष्ण कुमारी घिमिरे चयन भएका छन् ।

सबै निर्वाचित पदाधिकारीहरुलाई शुक्रबार पद हस्तान्तरण गरिएको छ । कार्यक्रममा दिव्यपुरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका निर्वाचन समितिका संयोजक सुर्य प्रसाद पोख्रेलको अध्यक्षता रहेको थियो । कार्यक्रम समापन गर्दै पोख्रेलले खानेपानी संस्थाको नयाँ कार्यसमितिका लागि सबै एकजुट हुँदै सहमति गराउन सफल भएकोेमा खुशी व्यक्त गर्दै नयाँ पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।








