Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

मोदीलाई देउवाको प्रस्ताव : सीमा समस्याबारे द्विपक्षीय संयन्त्रमार्फत समाधान खोजौं

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

१८ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भएको भेटमा सीमा समस्याबारे छलफल गरेको बताएका छन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र मोदीबीच हैदराबाद हाउसमा शनिबार भेटवार्ता भएको थियो । लगत्तै प्रतिनिधिमण्डलस्तरमा छलफल हुनुका साथै चार समझदारीमा हस्ताक्षर भएको छ ।

 

लगत्तै आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै देउवाले भने, ‘हामीले सीमा समस्याबारे छलफल गरेका छौं । र, मैले यसलाई द्विपक्षीय संयन्त्रहरुमार्फत समाधान गर्न प्रस्ताव गरेको छु ।’

प्रधानमन्त्री देउवाले नेपालका लागि भारतसँगको सम्बन्ध महत्वपूर्ण रहेको भन्दै भारतले पछिल्लो समय हासिल गर्को व्यापक आर्थिक रुपान्तरणको फाइदा लिन नेपाल आतुर रहेको बताए ।

 

भारतसँग चाँदनी र दोधरामा एकीकृत भन्सार जाँच चौकी तथा सुख्खा बन्दरगाह बनाउने र नेपालगञ्जको एकीकृत भन्सार जाँच चौकी पूरा गर्ने विषयमा कुराकानी भएको पनि उनले उल्लेख गरे ।

प्रधानमन्त्री देउवाले मोदीसँगको कुराकानीमा महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट एयर इन्ट्री रुट माग गरेको पनि बताए । त्यस्तै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन सहज बनाउन पनि भारतलाई आग्रह गरेको देउवाले बताए ।

प्रधानमन्त्री देउवाले नेपालको विद्युत उत्पादन र निर्यातका लागि दुई देशबीचको ऊर्जा निर्यातमा दुई देशबीच उच्चस्तरको सहकार्य आवश्यक भएको बताएका छन् ।

उनले द्विपक्षीय छलफलमा ऊर्जा निर्यात सहकार्यलाई महत्व दिएको पनि बताए । दुईपक्षीय छलफलमा जलविद्युत उत्पादन प्रशारण र अन्तरदेशीय व्यापारका लागि समझदारी भएको पनि बताए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको विजुली किन्न आग्रह पनि गरेका छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
mamata_kulkarni

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

  • २ दिन अगाडि
iran-war

इरानको आक्रमणपछि तेलको मूल्य उच्च, विश्वभरका शेयर...

  • २ दिन अगाडि
rabi-lamichhane

एमाले अध्यक्ष ओलीका पिताप्रति रास्वपा सभापति लामिछानेले...

  • २ दिन अगाडि
FB_IMG_1772900061238

नवलपुर-१ मा ३४ वर्षपछि ढल्यो कांग्रेसको विरासत,...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved