Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

बैंकबाट घर–जग्गा ऋण लिने प्रक्रिया कस्तो छ ?

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

२९ फागुन, काठमाडौं । हरेक मानिसको आधारभूत आवश्यकता हो घर । तर घर कहाँ बनाउने र कस्तो बनाउने भन्ने कुरा मानिसको आर्थिक क्षमतामा भर पर्छ ।

घरका लागि जग्गा अनिवार्य आवश्यकता हो, जमिन हुनेले मात्र आफ्नो घर बनाउन सक्नेछ । शहरमा आफ्नै घर धेरै मानिसको चाहना हो, तर यो काम एक आम नेपालीका लागि त्यति सहज छैन ।

 

सामान्य व्यवसाय गर्ने वा जागिर खाने मानिसले आफ्नो जीवनभरको कमाइ वचत गरेर पनि घर बनाउन कठिन छ । तर मानिसलाई जग्गा किन्न र घर बनाउन बैंक तथा वित्तीय संस्थाहरुले सहज बनाइरहेका छन् ।

तपाईसँग केही रकम छ, तर त्यति रकमले घर बनाउन सम्भव छैन भनेर रोकिनुभएको छ भने बैंकबाट ऋण लिन सक्नुहुन्छ । आफूसँग भएको पैसामा बैंकको ऋण थपेर तपाईले घरजग्गा जोड्न सक्नुहुन्छ । बैंकको ऋण आफ्नो क्षमता अनुसारको किस्तामा नियमित तिर्न सक्नुहुन्छ ।

 

अहिले पनि आम मानिसमा बैंकको ऋण सहजै पाउन सकिँदैन कि भन्ने मानसिकता छ । बैंकले ऋण दिनका लागि केही मापदण्ड तोकेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले तोकेको मापदण्ड र आवश्यक कागजपत्र पु¥याएपछि बैंकले ऋण दिन्छ । घर वा जग्गाका लागि ऋण लिन के के प्रक्रिया पु¥याउनुपर्छ त ?

आफैं बनाउने कि तयारी घर किन्ने ?

घर कर्जा लिनका लागि पहिले त तपाईले कस्तो घर कर्जा भन्ने खुलाउनुपर्छ । आफैंले किनेको जग्गामा घर बनाउन लाग्नुभएको हो वा बनेकै घर वा अपार्टमेन्ट किन्न लाग्नुभएको हो ?

जग्गा प्लटिङको एक तस्वीरः ललितपुरको चापागाँउस्थित टाहाखेल शेरा फाँट ।
त्यतिमात्रै होइन तपाईले बनिसकेको घर तथा अपार्टमेन्ट मर्मत सम्भार गर्न वा त्यसमा थप निर्माण गर्न पनि ऋण लिन सक्नुहुन्छ । घर बनाउने जग्गा छैन भने पनि बैंकबाट ऋण लिन सक्नुहुन्छ ।

तपाईंको कमाइ कति छ ?

बैंकले ऋण दिनुअघि तपाईंको आम्दानी कति छ भन्ने हेर्छ । तपाईको आम्दानीको स्रोत, त्यसले घर खर्च टारेर ऋणको किस्ता तिर्न सक्छ कि सक्दैन भन्ने हिसाब गरेर मात्र बैंकले ऋण उपलब्ध गराउँछ । बैंकले कतिसम्म ऋण दिनसक्छ भन्ने एउटा आधार ऋणीको आम्दानीलाई समेत मान्ने गरेको छ ।

ऋण लिन चाहने व्यक्ति वा एकाघरमा श्रीमान श्रीमती वा परिवारका सदस्यको कुल आम्दानीको बढीमा ६० प्रतिशतसम्म मासिक किस्ता हुने गरेर बैंकले ऋण उपलब्ध गराउँछन् । अर्थात् तपाईंको एकाघरका सदस्यको मासिक कमाइ एक लाख रुपैयाँ छ भने मासिक ६० हजार रुपैयाँ किस्ता पर्नेसम्म मात्र ऋण बैंकहरुले दिनेछन् । सामान्यतया ६० वर्षभन्दा कम उमेरकालाई बैंकहरुले यस्तो ऋण दिने गर्छ ।

धितोको मूल्यांकन कति आउछ ?

घर कर्जा तपाईंको आवश्यकता र क्षमता अनुसार बैंकसँग माग गर्न सक्नुहुन्छ । नेपाल राष्ट्र बैंकले आवासीय घर कर्जा १ करोड ५० लाख रुपैयाँसम्म र सो भन्दा माथि गरी २ भागमा विभाजन गरेको छ ।

एक करोड ५० लाख रुपैयाँसम्मका घर तथा अपार्टमेन्ट खरिदको लागि न्युनतम बैंक मूल्यांकनको २५ प्रतिशतसम्म ऋण पाइन्छ । आवासीय जग्गा खरिदको लागि न्यूनतम बैंक मूल्यांकनको ४० प्रतिशतसम्म ऋण पाउन सकिन्छ । अर्थात् तपाईले कुनै घर वा जग्गा किन्न लाग्नुभयो भने पहिले बैंकले त्यो घर वा जग्गाको मूल्यांकन गर्छ ।

बैंकले घर तथा अपार्टमेन्टको मूल्यांकन १ करोड रुपैयाँ ग¥यो भने २५ लाख रुपैयाँ मात्र ऋण दिन्छ । र जग्गाको मूल्यांकन १ करोड रुपैयाँ ग¥यो भने ४० लाख रुपैयाँसम्म मात्र ऋण दिन्छ ।

एक करोड ५० लाख रुपैयाँ भन्दा माथिको आवासीय घर कर्जाका जग्गाको न्यूतमक बैंक मूल्यांकनको ५० प्रतिशतसम्म ऋण दिन सक्नेछ ।

ब्याजदर कति पर्छ ?

आवासीय घरकर्जाको ब्याजदर पनि अन्य कर्जाहरु जस्तै बैंक अनुसार फरक फरक हुन्छ । बैंकहरुले आफ्नो आधार दरको आधारमा ब्याजदर निर्धारण गर्छन् । बैंकहरुले हरेक तीन–तीन महिनामा आधार दर सार्वजनिक गर्ने गरेका छन् ।

उक्त आधार दरमा केही प्रतिशत थप गरेर ऋणीका लागि ब्याजदर तोक्ने गरेका छन् । मानौं, कुनै बैंकको आधारदर ५ प्रतिशत छ भने उसले २ प्रतिशत प्रिमियम थपेर ऋण दिएमा तपाईंले ७ प्रतिशत ब्याजदरमा ऋण पाउन सक्नुहुन्छ ।

यस्तो कर्जाको अवधि ३० वर्षसम्म राख्ने गरिएको छ । तर ऋणीको उमेर ६५ वर्षसम्म पुग्दा ऋण चुक्ता गरिसक्नुपर्ने हुन्छ । धितोको रुपमा बैंकले घर तथा जग्गा राख्नेछन् ।

यसका लागि कम्तीमा ८ फिट बाटो भएको घर जग्गा हुनुपर्छ । यदि निर्माण कर्ताबाट घर तथा अपार्टमेन्ट लिने भएमा निर्माणकर्ता, ऋणी र बैंकबीच त्रिपक्षीय सम्झौता गर्नुपर्नेछ ।

कसरी लिने ऋण ?

कर्जा लिनका लागि तपाईंले बैंकमा ऋणका लागि निवेदन दिनुपर्ने हुन्छ । निवेदन दिँदा धितो राख्ने घरजग्गाको धनीपुर्जा, नागरिकताको प्रतिलिपी, नक्साको ट्रेस लगायतका कागजात पनि पेश गर्नुपर्छ । कुनै जग्गा धितोका लागि आएमा बैंकले उक्त जग्गाको ट्रेस नापी कार्यालयबाट मगाउँछ ।

ट्रेस उपलब्ध भएपछि धितो मूल्यांकनको प्रक्रिया सुरु हुन्छ । धितो मूल्यांकनकर्ता कम्पनी बैंकमा सूचीकृत भएका हुन्छन् । बैंकको सम्पर्कबाट नै धितोमूल्यांकन हुन्छ ।

धितो मूल्यांकन प्रतिवेदन मूल्यांकनकर्ताले पेश गरेपछि ऋण स्वीकृतिको प्रक्रियामा जान्छ । ऋण स्वीकृत भएपछि धितो राखिएको घरजग्गा बैंकको नाममा मालपोत कार्यालयबाट रोक्का गर्नुपर्छ ।

धितो रोक्का भएपछि ऋणीको खातामा बैंकले ऋण रकम उपलब्ध गराउँछ । यसबारे विस्तृत जानकारी भने तपाईंले कुनै पनि बैंकको शाखा कार्यालयबाट लिन सक्नुहुन्छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • १ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • १ दिन अगाडि
601953632_10225313283097485_3191257905718857191_n-edited-1536x1152

एमाले नेता अधिकारीद्वारा सक्रिय राजनीतिबाट बिदा लिएको...

  • १ दिन अगाडि
keki_adhikari1

‘झिंगेदाउ २’ को सेटमा जन्मदिन मनाउँदै केकी...

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved