Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

महिनामा १२ सय बुझाउँदा करोडको बीमा हुने, सूर्या लाइफले ल्यायो सूर्या सुरक्षा कवच बीमा योजना

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ जीवन बीमा योजना ल्याएको छ । कम्पनीले सर्वे भवन्तु सुखिनःभन्ने मुलनारा सहित बीमाको आधारभुत सिद्धान्तबाट अभिप्रेरित भइ न्युनतम बीमा शुल्कमा सबै नेपाली दाजु भाई दिदीबहिनीको अधिकतम रक्षावरण होस भन्ने अभिप्रायले सरल र सुलभ बीमा सम्पूर्ण वर्गको पहुँचमा होस् भन्ने उद्देश्यले नौलो सोच सहित ‘सूर्या सुरक्षा कवज’ बीमा योजना सार्वजनिक गरेको हो । कम्पनीले २०७८ फागुन १६ गतेदेखि लागु हुने गरी कम्पनीको प्रधान कार्यालयमा विधिवत उद्घाटन गरी सञ्चालनमा ल्याएको छ । हालको

विषम परिस्थितिमा आर्थिक क्षेत्रमा आएको मन्दि तथा कोरोना भाइरसले जनजीवनमा देखिएको त्रस्तताका कारण समेत जीवनको रक्षावरण गर्न अपरिहार्य रहेको सन्दर्भमा सूर्या सूरक्षा कवज लोकप्रिय हुने कम्पनीले विश्वास गरेको छ ।

बीमा गर्दा ठुलो धनराशीको आवश्यकता पर्ने भ्रम जनमानसमा रहेको अवस्थामा यो जीवन बीमा योजनाले बीमालाई हेर्ने दृष्टिकोणमा सकरात्मक प्रभाव पर्ने र बीमाको दायरा फराकिलो बनाउनमा सहयोग गर्ने पुर्ण विश्वास कम्पनीले लिएको छ ।

१८ वर्षको उमेर समुहले १ करोडको बीमाङ्कमा वार्षिक १४ हजार ५५० सय वा मासिक १२ सयमा नै जीवनको रक्षावरण गर्न सकिने कम्पनीले जनाएको छ । १८ देखि ६५ वर्षका सबै नागरिक सुरक्षित र जीवनको रक्षावरण होस भन्ने अवधारणलाई आत्मसात गरी सम्भवत नेपालको बीमा बजारमा सबैभन्दा न्यून बीमाशुल्कमा यो जीवन बीमा प्रचलनमा ल्याईएको छ ।

सूर्या सूरक्षा कवज न्यूनतम १ लाख देखी आयश्रोतको आधारमा जति पनि गर्न सकिनेछ ।जोखिम बहनका साथै अतिरिक्त क्रिया खर्च सहितको सुविधा भएको यस योजनालाई अन्य योजनाहरुसंग समिश्रण गरी थप जोखिम बहन हुने गरी लिन सकिनेछ । १ देखि ३० वर्ष सम्म बीमा अवधि भएको, यो जीवन बीमा योजनामा बीमितको इच्छानुसार एकल भुक्तानी वाबार्षिक, अर्धबार्षिक, त्रैमासिक तथा मासिक किस्तामा बीमा शुल्क रकम बुझाउन सकिने व्यवस्था गरिएको छ ।

जोखिम रक्षावरण गर्ने कार्यलाई सरल र सहज बनाउन यो योजनामा सरिक भई खरिद गर्न चाहने बीमितले कम्पनीको आधिकारिक वेवसाइट https://suryalife.com/proposal/buy-policy/184वा मोबाइल एपबाट समेत घरैबाट लिन सकिने व्यवस्था र्गिरएको कम्पनीले जनाएको छ । बीमा शुल्क भने उमेर र अबधिको आधारमा फरक पर्न सक्ने समेत कम्पनीले बताएको छ ।

स्राेत : इन्स्योरेन्स खबर

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • १ दिन अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • १ दिन अगाडि
601953632_10225313283097485_3191257905718857191_n-edited-1536x1152

एमाले नेता अधिकारीद्वारा सक्रिय राजनीतिबाट बिदा लिएको...

  • १ दिन अगाडि
keki_adhikari1

‘झिंगेदाउ २’ को सेटमा जन्मदिन मनाउँदै केकी...

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved