Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

‘फष्ट फ्लाएर्स फिल्म अवार्ड ०७९’ घोषणा

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ५ वर्ष अगाडि

नेपाली फिल्म र फिल्मकर्मीको सम्मान र प्रोत्साहन गर्ने उदेश्यले ‘फष्ट फ्लाएर्स फिल्म अवार्ड ०७९’ आयोजना हुने भएको छ । साइमन फिल्मस्ले मुम्बईको डिजाइनमा ओजश फिल्मस् एन्ड इन्टरटेन्टमेन्टसँगको सहकार्यक्रमा अवार्ड आयोजना गर्न लागेको हो ।

 

आइतबार राजधानीमा एक कार्यक्रमकाबीच अवार्ड घोषणा गरिएको हो । आयोजक साइमन फिल्मस्ले कार्यक्रममा वर्ष २०७६, ०७७ र ०७८ का फिल्म समेटेर अवार्ड आयोजना गर्न लागेको जानकारी दियो । आगामी बैशाख २४ गते आयोजना हुने बताइएको अवार्डमा दुई दर्जन बढी विधा समेटिनेछन् । अवार्ड विराटनगरमा आयोजना हुनेछ ।

नेपाली भन्दा बढी हिन्दी फिल्म प्रदर्शन हुने शहरको रुपमा चिनिएको विराटनगरमा नेपाली फिल्मको चहलपहल बढाउन अवार्ड गर्न लागेको आयोजक संस्थाका संयोजक साइमन राजवंशीले जानकारी दिए ।
‘विराटनगरमा प्राय हिन्दी फिल्म रिलिज हुन्छ’ साइमनले भने, ‘नेपाली फिल्म हेर्ने दर्शक बढाउन हामीले त्यहाँ अवार्ड गर्न लागेका हौं ।’

कार्यक्रममा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले फिल्म क्षेत्रका अर्काे एउटा अवार्ड थपिएको खुसी ब्यक्त गरिन् । ‘अवार्ड भनेको कलाकार र श्रृजनाको सम्मान र प्रोत्साहनका लागि हो’ दीपाले भनिन् । अवार्डले विराटनगरमा नेपाली फिल्मको चहलपहल बढाउने दीपाले विश्वास व्यक्त गरिन् ।

अभिनेता सरोज खनालले अवार्ड विराटनगरमा आयोजना हुने भएकोले आफुलाई आकर्षक लागेको बताए । कार्यक्रममा निर्देशक जनकदीप पराजुली लगायतले अवार्डको बिषयमा आफ्नो धारणा राखेका थिए । निर्णायक गोप्य राखिने अवार्डमा अहिलेसम्म नेपालमा आयोजना भएको अवार्डभन्दा भिन्न र प्रतिष्ठित बनाउने आफ्नो लक्ष्य रहेको आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • ३ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • ३ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • ३ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • ३ वर्ष अगाडि

ताजा खबरहरु

सबै
samir-bhatta-12-gaun-2-looks

‘१२ गाउँ २’ मा समीर भट्टको एक्सन...

  • ६ दिन अगाडि
ar-madan

२४ दिनको छायांकनपछि ‘मन बिनाको धन–२’को काठमाडौं...

  • ६ दिन अगाडि
_104529561_koirala_o_nKG3PGy3O9

कांग्रेस संस्थापन इतर समूहले बोलायो आकस्मिक बैठक

  • ६ दिन अगाडि
balen-2

प्रधानमन्त्रीले दिए फिल्म ‘तिनीहरू’ लाई अस्कर र...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved