Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

स्थानीय निर्वाचनका लागि ८० वटा दल दर्ता

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ५ वर्ष अगाडि

स्थानीय निर्वाचन, २०७९ का लागि ८० वटा दलले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन् । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि फागुन ५ गतेदेखि १५ गतेसम्म दल दर्ता गर्न निवेदन आह्वान गरेको थियो ।

 

आयोगको राजनीतिक दल व्यवस्थापन शाखाका अनुसार आइतबार अपराह्न ५ बजेसम्म स्थानीय निर्वाचन, २०७९ मा सहभागी हुन ८० वटा दल दर्ताका लागि निवेदन दिएका हुन् । आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले आयोगबाट ११० वटा दलले मान्यता प्राप्त गरे पनि स्थानीय निर्वाचन, २०७९ मा भाग लिन ८० दल मात्रै दर्ता भएको जानकारी दिए । संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ ले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले निर्वाचनमा भाग लिन दल दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ । ऐनको दफा ४८ बमोजिम निर्वाचनमा भाग लिन चाहने दफा ४ बमोजिम दर्ता भएका दलले आयोगले तोकेको कार्यविधि पूरा गरी आयोगमा दर्ता हुनुपर्नेछ ।

तोकिएको समयभित्र दर्ता हुने दलबारे आयोगले फागुन १६ देखि २३ गतेसम्म निर्णय गर्नेछ । दर्ता भएका दलको नामावली आयोगले नेपाल राजपत्रमा प्रकाशित गर्नेछ । आयोगमा दल दर्ताका लागि निवेदन दिएकामा छवटा दल मात्रै राष्ट्रिय मान्यता प्राप्त दल हुन् । सत्तारुढ नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी राष्ट्रिय मान्यता प्राप्त दल हुन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

 

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • ३ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • ३ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • ३ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • ३ वर्ष अगाडि

ताजा खबरहरु

सबै
samir-bhatta-12-gaun-2-looks

‘१२ गाउँ २’ मा समीर भट्टको एक्सन...

  • ६ दिन अगाडि
ar-madan

२४ दिनको छायांकनपछि ‘मन बिनाको धन–२’को काठमाडौं...

  • ६ दिन अगाडि
_104529561_koirala_o_nKG3PGy3O9

कांग्रेस संस्थापन इतर समूहले बोलायो आकस्मिक बैठक

  • ६ दिन अगाडि
balen-2

प्रधानमन्त्रीले दिए फिल्म ‘तिनीहरू’ लाई अस्कर र...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved