Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

राष्ट्रसंघ सुरक्षा परिषद बैठक : युक्रेनमा रूसी आक्रमणको निन्दा गर्ने प्रस्ताव विफल

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ५ वर्ष अगाडि

युक्रेनविरुद्ध रुसको ‘आक्रमण’ लाई ‘अत्यन्तै कडा शब्दमा’ विरोध गर्दै रूसी फौज तुरुन्त फिर्ता लिन माग गरिएको सङ्कल्प प्रस्ताव संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकबाट पारित हुन सकेन । शुक्रबारको रुसको आक्रमणको विरोध गरिएको उक्त प्रस्तावलाई रूसले भिटो लगाएका कारण विफल भएको हो ।

 

रुसी आक्रमणको गम्भीर निन्दा गरिएको संकल्प प्रस्तावको पक्षमा सुरक्षा परिषदका १५ मध्ये ११ देशले मतदान गरेका थिए । प्रस्ताव पारित हुनका लागि ९ देशको मत परेको भए हुनेथियो । तर रुसले भिटो प्रयोग गरेर प्रस्ताव विफल पारेको हो ।

रुससहित अमेरिका, बेलायत, फ्रान्स र चीन सुरक्षा परिषदका स्थायी सदस्य हुन् र उनीहरुमाथि भिटो शक्ति छ । रुसले आफ्नो निन्दा गरिएको प्रस्ताव विफल पार्नका लागि भिटो प्रयोग गरेको हो । प्रस्तावमाथि मतदान हुँदा भारत, चीन र युएई अनुपस्थित रहेका हुन् ।

संयुक्त राज्य अमेरिका र अल्बेनियाद्वारा सह–लेखन गरिएको यस प्रस्तावमा परिषद्का १५ सदस्यमध्ये ११ जनाले मतदान गरेका थिए भने चीन, भारत र संयुक्त अरब इमिरेट्सले सहभागिता जनाएनन् । परिषद्को स्थायी सदस्यको रूपमा मस्कोको भिटो शक्तिको कारण यो प्रस्तावना असफल हुने निश्चित प्रायः थियो । तथापि, यस बहसले सदस्य राष्ट्रहरूलाई रूसको छिमेकीविरुद्ध पूर्ण आक्रमणको प्रक्षेपण गर्ने राष्ट्रपति भ्लादिमिर पुटिनको निर्णयको निन्दा गर्ने अवसर दिएको छ ।

मतदानपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युद्धले कसैलाई भलो नगर्ने जिकिर गर्दै भने, ‘सैनिकहरू आफ्नो ब्यारेकमा फर्कनुपर्छ र नेताहरु वार्ता र शान्तिको बाटोमा लाग्नुपर्छ ।’ संयुक्त राष्ट्रसंघको मतदानपछि राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रीनफिल्डले भने, ‘म एउटा कुरा स्पष्ट पार्न चाहन्छु । रुसले प्रस्तावलाई भिटो गर्न सक्नुहुन्छ, तर उसले हाम्रो आवाजलाई भिटो गर्न सक्दैन । सत्यलाई भिटो प्रयोग गर्न सक्दैन । उसले हाम्रो सिद्धान्तलाई भिटो गर्न सक्छ तर युक्रेनी जनतालाई भिटो गर्न सक्दैन ।’

प्रस्तावनामा बढी समर्थन जुटाउन मतदान हुनुभन्दा केही घण्टाअघि सुरक्षा परिषद्सामु राखिएको प्रस्तावना खाकामा रहेका शब्दलाई मतदान हुनुभन्दा केही घण्टा पहिले नरम बनाइएको थियो । जस्तैः प्रस्तावनामा रहेको ‘निन्दा’ शब्दको ठाउँमा ‘गम्भीर असहमति’ गरिएको थियो र सदस्यहरूलाई शान्ति पुनः स्थापना गर्न सैन्य कारबाही गर्न अनुमति दिन्छ भन्ने संयुक्त राष्ट्रसंघको बडापत्रको अध्याय ७ को सन्दर्भलाई हटाइएको थियो ।

उक्त प्रस्तावनाले युक्रेनको सार्वभौमिकतालाई पुनः पुष्टि गर्यो र रुसलाई ‘तुरुन्तै युक्रेन विरुद्ध बलको प्रयोग बन्द गर्न’ आह्वान गर्यो । अन्ततः ७० भन्दा बढी देशहरूले यस प्रस्तावनाको सह–प्रायोजन गरे । संयुक्त राष्ट्रसंघका लागि बेलायतका राजदूत बार्बरा वुडवर्डले भनिन्, “गल्ती नगर्नुहोस्, रुस एक्लो छ । युक्रेनको आक्रमणलाई कसैको समर्थन छैन ।”

रुसको आक्रमणलाई ‘उत्तेजक र हठी’ भनी वर्णन गर्दै हामीलाई यस पहिले नै जानकारी भए झै यसले अन्तरराष्ट्रिय प्रणालीलाई खतरामा पार्ने थोमस–ग्रिनफिल्डले बताएका थिए ।

संयुक्त राष्ट्रसंघका लागी रूसी राजदूत भासिली नेबेन्जियाले उक्त प्रस्तावनालाई ‘रूसी र युक्रेनी विरोधी’ भनेर विरोध जनाए । उनले भने, “हामीलाई आक्रमण को सङ्ख्याको आधारमा अमेरिकासँग प्रतिस्पर्धा गर्न कठिन छ । तपाईंले नैतिकता कायम गर्न सक्नुहुन्न ।”

युक्रेनी राजदूत सर्गिय किस्लित्स्याले सदस्यहरूलाई ‘शान्तिको लागि प्रार्थना गर्न’ आग्रह गरेका थिए र केही समय शान्त बनेको सुरक्षा परिषद्को बैठक कक्षमा उभिएका थिए । उनले नबेन्जियालाई पनि ‘मुक्तिको निम्ति प्रार्थना’ गर्न आग्रह गरेका थिए ।

किस्लित्स्याले रूस नाजी शैलीको कार्यलाई निरन्तरता दिन उत्सुक रहेको आरोप लगाउँदा सहभागी सदस्यहरूले व्यापक रूपमा ताली बजाएका थिए ।

आफ्नो देशको अपनत्व माथिको व्याख्या गर्दै चिनियाँ राजदूत झाङ जुनले नाटो विस्तारबारे उल्लेख गर्दै भने, “रुसको वैधानिक सुरक्षा आकांक्षालाई ध्यान दिएर उचित सम्बोधन गर्नुपर्छ ।”

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • ३ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • ३ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • ३ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • ३ वर्ष अगाडि

ताजा खबरहरु

सबै
khall

घरेलु मैदानमा मेक्सिकोको शान, ४० वर्षपछि नकआउट...

  • २ महिना अगाडि
asar 15

लोक सञ्चारकर्मी नेपालको रोपाइँ दिवस : राजु...

  • २ महिना अगाडि
GOAL-Multiple-Images-2-Split-Facebook-2025-12-08T221814.543.jpg-1024x576

आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६...

  • २ महिना अगाडि
director-speaking-1024x768

काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव : ‘तियानतान अवार्ड...

  • ३ महिना अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved