Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

सीमा नाकामा पनि घट्न थाले कोरोना संक्रमित

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ५ वर्ष अगाडि

मुलुकमा कोरोना भाइरस सङ्क्रमण घटेसँगै सीमानाकामा पनि घटेको पाइएको छ । बाँकेस्थित नेपाल भारत जमुनाहा नाका र कैलालीस्थित धनगढी नाकाबाट स्वदेश फर्कनेमा कोभिड–१९ परीक्षण गराउँदा सङ्क्रमण घटेको पाइएको हो । सङ्क्रमणको तेस्रो लहर सुरु हुँदा भारतबाट आउने नेपालीमा सङ्क्रमण बढेकोमा अहिले घटेको पाइएको छ ।

 

मुलुकमा नै कूल परीक्षण गराएकामध्ये ४.१ प्रतिशतमा मात्र सङ्क्रमण रहेको छ । हिजो फागुन १२ गते सात हजार ७४३ जना परीक्षण गराउँदा ३१८ मा कोरोना भाइरस सङ्क्रमण देखिएको थियो । भारतको विभिन्न प्रान्तबाट फर्किएकाको परीक्षण गर्दा सङ्क्रमण घटेको पाइएको हो । फागुनयता सङ्क्रमित हुने सङ्ख्यामा कमी आएको जमुनाहा सीमा नाकाका स्वास्थ्य सहयोग कक्षका प्रमुख गीता शाहीले जानकारी दिए ।

फागुन १ गते नमूना परीक्षण गरिएका ३६७ मध्ये आठ जनामा सङ्क्रमण देखिएको थियो भने फागुन ५ मा ३२६, फागुन १० गते १५७ र फागुन १२ गते ३१७ जनामा एन्टिजेन परीक्षण गर्दा कसैलाई पनि सङ्क्रमण नदेखिएको उनले बताए । यस्तै फागुन २ गते २९५ मा तीन, फागुन ३ गते १६३ मा दुई, फागुन ४ गते ३४० मा तीन, फागुन ६ गते ३१५ मा चार, फागुन ७ मा २३२ मा एक, फागुन ८ गते २८३ मा तीन, फागुन ९ गते १७५ मा एक र फागुन ११ गते ३१७ मा परीक्षण गर्दा एक जनामा सङ्क्रमण देखिएको थियो ।

तेस्रो लहर सुरु भएसँगै नाकामा सबैभन्दा बढी पुस १८ गते ६६० को परीक्षण गर्दा ४९ जनामा सङ्क्रमण देखिएको थियो । सिनियर अनमी शाहीले अहिलेसम्म सङ्क्रमण देखिएकामध्ये दुई जनालाई मात्र लक्षण देखिएको बताए । सहायता कक्षले भारतबाट नेपाल आउनेलाई कोरोना भाइरसविरुद्धको खोप पनि लगाउने गरेको छ ।

उनका अनुसार दैनिक ४० देखि ५० जनालाई खोप लगाउने गरिएको छ । नेपाल फर्केकालाई पहिलो, दोस्रो र बुस्टर डोज दिइने थालिएको उनले बताए । यही फागुन ९ गतेदेखि यता १९८ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । सहायता कक्षले सीमानाकामा स्वदेश फर्कनेलाई अहिले जोन्सन एण्ड जोन्सन खोप लगाइरहेको छ ।

यस्तै कैलाली–कञ्चनपुरको भारत नाका जोड्ने त्रिनगर स्वास्थ्य सहायता कक्षका प्रमुख गणेशबहादुर साउँदले पनि भारतबाट आउने नेपालीमा सङ्क्रमण कम देखिने गरेको बताए । उनका अनुसार हिजो फागुन १२ गते २०१ जनाले परीक्षण गराउँदा कसैमा पनि सङ्क्रमण नदेखिएको बताए । उनले भारतबाट नेपाल फर्कने नेपालीको कोभिड–१९ परीक्षण गर्दा दुई हप्तादेखि सङ्क्रमण घटेको बताए ।

फागुन ११ गते ३७३ मा एक, फागुन १० गते ४०८ मा तीन, फागुन ९ गते २१६ मा तीन, फागुन ८ गते ३२० मा एक र फागुन ७ गते ४०२ मा पाँच जनामा सङ्क्रमण देखिएको छ । यस्तै फागुन ६ गते ३९१ मा दुई, फागुन ५ गते ४६४ मा एक, फागुन ४ गते ३९० मा तीन, फागुन ३ गते २५६ मा तीन, फागुन २ गते ४९९ परीक्षणमा दुई र फागुन १ गते ४४० मा तीन जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य सहायता कक्षका प्रमुख साउदका अनुसार तेस्रो लहरको सङ्क्रमण हुँदा एकै दिन नाकामा १३७ जनामा पनि सङ्क्रमण देखिएको थियो । पुस ३० गते एकै दिन १३७ मा सङ्क्रमण देखिएको थियो । यस्तै पुस २९ गते ८६२ मा परीक्षण गर्दा १३५ जनामा सङ्क्रमण देखिएको थियो । कोरोना भाइरसको तेस्रो लहर सुरु भएपछि सीमा नाकामा पुस १७ गतेदेखि माघ २० गतेसम्म सङ्क्रमण सङ्ख्या बढेको उनले बताए ।

उक्त नाकाबाट दैनिक भारतको महाराष्ट्र, मुम्बई, दिल्ली, बैङ्लौर, पुनालगायत प्रान्तबाट दैनिक ४०० देखि ५०० मानिसहरु स्वदेश फर्किरहेका छन् । उनले स्वदेश आउने नेपालीलाई कोरोना भाइरसविरुद्धको खोप पनि प्रदान गरिरहेको जानकारी दिए ।

 

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • ३ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • ३ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • ३ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • ३ वर्ष अगाडि

ताजा खबरहरु

सबै
khall

घरेलु मैदानमा मेक्सिकोको शान, ४० वर्षपछि नकआउट...

  • २ महिना अगाडि
asar 15

लोक सञ्चारकर्मी नेपालको रोपाइँ दिवस : राजु...

  • २ महिना अगाडि
GOAL-Multiple-Images-2-Split-Facebook-2025-12-08T221814.543.jpg-1024x576

आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६...

  • २ महिना अगाडि
director-speaking-1024x768

काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव : ‘तियानतान अवार्ड...

  • ३ महिना अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved