Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

माओवादी र समाजवादी लचिलो, एमाले अडानमै

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ५ वर्ष अगाडि

काठमाडौं फागुन १३ (नागरिक)प्रतिनिधिसभाको अवरोध हटाउने र एमसिसी सम्झौता संसद्बाट अनुमोदन गराउने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयास अझै सफल हुन सकेको छैन । सत्ता गठबन्धनमा रहेका दलहरू नै एमसिसी अनुमोदन गर्न सकारात्मक नभएका बेला प्रमुख प्रतिपक्षी एमालेसमेतको साथ लिएर नेपाली कांग्रेस अघि बढ्ने कसरतमा जुटेको छ। त्यसका लागि एमालेका शीर्ष नेताहरूसँग निरन्तर छलफलमा जुटे पनि शुक्रबार साँझसम्म दुई दलबीच ठोस सहमति बनेको छैन । बिहीबार एमसिसी सम्झौताको विपक्षमा उभिने स्पष्ट संकेत गरेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने शुक्रबार आफ्नो अडानबाट केही लचिलो देखिएका छन्।

 

सत्ता गठबन्धन पनि नटुट्ने र एमसिसी सम्झौता पनि अनुमोदन हुनेगरी उनीहरूले प्रधानमन्त्री देउवालाई विभिन्न विकल्प सुझाएका छन् । तर प्रधानमन्त्री देउवासहित कांग्रेस नेताहरू प्रमुख प्रतिपक्षी एमालेको साथ खोज्न शुक्रबार साँझ पनि अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेका थिए। पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई साथ लिएर उनी ओली निवास पुगेका थिए । संसद्को जारी अवरोध हटाउन र एमसिसी सहमतिबाट अनुमोदन गर्न देउवाले एमालेसँग सहयोग मागेका छन् । एमाले अध्यक्ष ओलीले कांग्रेससहितका लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्दै अघि बढ्न आफ्नो दल तयार रहेको दोहोऱ्याएका छन् । तर त्यसका लागि सभामुख अग्निप्रसाद सापकोटालाई पदमुक्त गर्नुपर्ने र आफ्नो दलबाट बाहिरिएका १४ सांसदलाई कारबाही गर्नुपर्ने अडान दोहोऱ्याएको स्रोतको दाबी छ। आजको नागरिक दैनिकमा समाचार छ ।

 

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • ३ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • ३ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • ३ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • ३ वर्ष अगाडि

ताजा खबरहरु

सबै
khall

घरेलु मैदानमा मेक्सिकोको शान, ४० वर्षपछि नकआउट...

  • २ महिना अगाडि
asar 15

लोक सञ्चारकर्मी नेपालको रोपाइँ दिवस : राजु...

  • २ महिना अगाडि
GOAL-Multiple-Images-2-Split-Facebook-2025-12-08T221814.543.jpg-1024x576

आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६...

  • २ महिना अगाडि
director-speaking-1024x768

काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव : ‘तियानतान अवार्ड...

  • ३ महिना अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved