Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

प्रदर्शनको दौरानमा ‘म यस्तो गीत गाउँछु २’ले भोगेको पीडा

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ५ वर्ष अगाडि

१२ फागुन, काठमाडौं । अभिनेत्री पूजा शर्मा चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रिमियरमा चलचित्र हेरेपछि आफू बसेको सिटमै रोइन् । उनलाई केही चलचित्रकर्मीले सम्झाए ।

हलबाट बाहिर निस्कने क्रममा अभिनेत्री निरुता सिंह र निर्देशक दीपाश्री निरौलाको अगाडि फेरि पूजाको आँशु रोकिएन । उनले भनिन्, ‘सधैं हामीमाथि नै यस्तो बज्रपात किन पर्छ ? के सोच्यो के हुन्छ ? दुःख गरेर चलचित्र बनायो, रिलिज हुने क्रममा जहिले यस्तै ?’

 

पूजाको आँशु पुछ्दै निर्देशक दीपाश्री निरौलाले निराश नहुन आग्रह गरिन् । चलचित्र राम्रो रहेकाले दर्शकले माया गर्ने भन्दै उनले पूजालाई सान्त्वना दिइन् । पूजाको आँशु मिडियाको क्यामेरा अगाडि पुग्दा पनि रोकिएन । उनले रुँदै भनिन्, ‘जहिले पनि भनिन्छ जोडी मनकामना जानु हुँदैन । हुन त पल र म जोडी होइन । तर पल र मेरो जोडी चलचित्रमा जोडिएको थियो । अहिले आएर महसुस भएको छ । हुन त जीवनमा दुःखपछि नै सुख आउँछ भनिन्छ । तैपनि आशा गरेको छु । सुदर्शन थापा र मैले निक्कै मिहिनेत गरेका छौं ।’

 

 

पूजाले अगाडि भनिन्, ‘चलचित्र रिलिजको पहिलो मिति तोक्ने बित्तिकै कोरोना महामारी आयो । सोचियो ठिकै छ । यसपछि माघ १९ गतेलाई प्रदर्शन मिति तोक्यौं । फेरि हल बन्द भए । यसपटक पनि यस्तै रहेछ भनेर सोच्यौं ।’

फागुन १३ गते चलचित्र रिलिज हुने दिन नजिकिंदा अर्को बज्रपात भएको पूजाले बताइन् । उनले भनिन्, ‘यो मितिमा छुट्टै उमंग छाएको थियो । तर उमंग छाउँदा छाउँदै खै कसको आँखा लाग्यो थाहा छैन । तर पनि एउटा राम्रो चलचित्र बनाएका छौं, साथ दिनुहोला । मन परेन भने गाली गरिदिनुहोला । तर एकचोटी चलचित्र भने हेरिदिनुहोला ।’

पूजाको आँखाबाट आँशु झरिहँदा निर्देशक सुदर्शन थापाको पीडा पनि कम थिएन । उनले चलचित्रले बारम्बार समस्या भोगेको र रिलिजको मुखमा पनि ठूलो पीडा भएको बताए । तर पनि राम्रो चलचित्र बनाएकाले दर्शकको साथ पाउनेमा उनी विश्वस्त देखिन्थे ।

करिब तीन वर्षअघि गोरखाको मनकामनामा शुभसाइत गर्दै छायांकन सुरु गरेको यो चलचित्रको निर्माण टिमले रिलिजको क्रममा थुप्रै समस्या भोगेको छ । साढे दुई करोडको बजेटमा बनेको यो चलचित्रले व्यापारिक रुपमा सफलता हात पारेन भने नेपाली चलचित्रको आगामी दिनको बाटो पनि सहज नहुने आम चलचित्रकर्मीको विश्लेषण छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • ३ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • ३ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • ३ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • ३ वर्ष अगाडि

ताजा खबरहरु

सबै
khall

घरेलु मैदानमा मेक्सिकोको शान, ४० वर्षपछि नकआउट...

  • २ महिना अगाडि
asar 15

लोक सञ्चारकर्मी नेपालको रोपाइँ दिवस : राजु...

  • २ महिना अगाडि
GOAL-Multiple-Images-2-Split-Facebook-2025-12-08T221814.543.jpg-1024x576

आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६...

  • २ महिना अगाडि
director-speaking-1024x768

काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव : ‘तियानतान अवार्ड...

  • ३ महिना अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved