Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

देउवाले खोजे ओलीको साथ : फुटको संघारमा सत्ता गठबन्धन

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ५ वर्ष अगाडि

अमेरिकी सहयोग परियोजना (एमसीसी) पास गर्न सत्ता गठबन्धनबाटै असहयोग भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दल एमालेको साथ खोजेका छन् । सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा उभिने निर्णय गरेसँगै एमसीसी पारित गर्न प्रधानमन्त्री देउवाले एमाले साथ खोजेका हुन्।

 

संसद्मा पेस भएको एमसीसी सम्झौता पारित गराउनुपर्ने दबाबमा रहेका उनले एमालेको साथ लिएर अगाडि बढ्ने गरी छलफल थाल्नुभएको छ । प्रधानमन्त्री देउवाले एमालेसँग पटक–पटक वार्ता गर्दै आएका छन् । एमसीसी परियोजनाले यही फागुन १६ गतेभित्र एमसीसी अनुमोदन गर्न दबाब दिँदै आएको छ । उक्त दबाबसँगै प्रधानमन्त्री देउवा सत्ता गठबन्धन टुटाएर भए पनि एमालेको साथ लिएर एमसीसी अनुमोदन गराउने आन्तरिक गृहकार्यमा जुटेएका छन् ।

बिहीबार प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग प्रधानमन्त्री देउवाले गर्नुभएको छलफलमा आ–आफ्नै अडान कायमै राखेपछि काँग्रेस एमालेसँग प्याकेजमै सहमति गर्न तयार देखिएको छ । संसद् भवन नयाँ बानेश्वरमा एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री देउवा स्वयम् गएका थिए ।

भेटमा प्रधानमन्त्री देउवाले प्रचण्ड र नेपालबाट एमसीसी पारित गर्न असहयोग भएकाले एमालेसँग सहकार्य गरी अघि बढ्न आफ्नो पार्टी तयार रहेको प्रस्ताव राखेका थिए । जवाफमा एमालेका नेताहरुले एमसीसीको विषयमा संसद्मा संवाद हुने वातावरण सिर्जना गर्न सभामुख अग्नि सापकोटाविरुद्ध महाअभियोग प्रस्ताव लगाउनुपर्ने सर्त अगाडि सारेको थियो ।

उक्त प्रस्तावको बारेमा प्रधानमन्त्री देउवाले आफू सबै विकल्पमा सहमति गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभएको भेटमा सहभागी एक नेताले बताए । यो समाचारनेपाल समाचारपत्र दैनिकमा छ ।

 

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • ३ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • ३ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • ३ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • ३ वर्ष अगाडि

ताजा खबरहरु

सबै
khall

घरेलु मैदानमा मेक्सिकोको शान, ४० वर्षपछि नकआउट...

  • २ महिना अगाडि
asar 15

लोक सञ्चारकर्मी नेपालको रोपाइँ दिवस : राजु...

  • २ महिना अगाडि
GOAL-Multiple-Images-2-Split-Facebook-2025-12-08T221814.543.jpg-1024x576

आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६...

  • २ महिना अगाडि
director-speaking-1024x768

काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव : ‘तियानतान अवार्ड...

  • ३ महिना अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved