Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

रुस-युक्रेन युद्धको असर नेपाली भान्सासम्म

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ५ वर्ष अगाडि

१२ फागुन, काठमाडौं । युरोपेली मुलुक युक्रेनमा रुसले बिहीबार बिहानदेखि सैन्य कारवाही सुरु गरेको छ । रुस-युक्रेन यो तनाव लम्बिए त्यसको असर नेपालको भान्सासम्म नै आइपुग्ने जाखिम छ । किनभने नेपाल र युक्रेनबीचको सीधा व्यापारिक सम्बन्ध छ ।

युक्रेनबाट विभिन्न औद्योगिक कच्चा पदार्थ आयात गरिरहेका उद्योगी-व्यवसायीहरु युक्रेन संकटको सामान्य असर नेपाली अर्थतन्त्रमा देखिइसकेको बताउँछन् । यसले नेपालमा युक्रेनबाट आयात हुने औद्योगिक कच्चा पदार्थको मूल्य बढ्ने उनीहरुको भनाइ छ । युक्रेन संकटको तत्काल सुन, पेट्रोलियम पदार्थ र खाने तेलमा पर्ने व्यवसायीहरुको भनाइ छ ।

 

रुसले आक्रमण सुरु गरेपछि युक्रेनी नागरिक राजधानी किभ छाडेर सुरक्षित स्थानतर्फ लागिरहेका समाचार आइरहेका छन् । युक्रेनमाथि रुसी कदमको कडा जवाफ दिने अमेरिकी प्रतिक्रियापछि दुई युरोपेली मुलुकको तनाव अझै बढ्ने डर छ ।

जानकारहरुका अनुसार रुस-युक्रेन तानवले संसारभरको आपूर्ति व्यवस्थामा असर पर्ने भएकाले सुन र कच्चा तेलको मूल्य आकासिन थालिसकेको छ । सुन र कच्चा तेलको कारोबार अन्तर्राष्ट्रिय बजारको महत्वपूर्ण पक्ष हुन् । यी वस्तुको मूल्य बढ्दा आयातका लगि थप रकम खर्च गर्नुपर्ने र नेपाली मुद्राको अवमूल्यन हुन सक्ने अर्थतन्त्रका जानकारहरु बताउँछन् ।

 

नेपाल-युक्रेन व्यापार

नेपाल र युक्रेनबीच वाषिर्क झण्डै साढे १७ अर्ब रुपैयाँको व्यापार हुन्छ । चालु आर्थिक वर्षको पहिलो ७ महिना -साउदेखि माघ मशान्त) सम्म नेपालले १४ अर्ब ४२ करोड ३३ लाख रुपैयाँ बराबरको वस्तु युक्रेनबाट आयात गरेको छ । १५ लाख रुपैयाँ बराबरको नेपाली उत्पादन निर्यात भएको भन्सार विभागबमे तथ्यांक छ ।

नेपालले युक्रेनबाट खाने तेल, केराउ, टेलिफोन र मोबाइलका उपकरण र तयारी कपडा आयात गर्दै आएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा ३५४ प्रकारका फरक-फरक वस्तु नेपालले युक्रेनबाट आयात गरेको थियो ।

सानो परिमाणमा भएपनि नेपालबाट कार्पेट, चिया र चित्रकला युक्रेन निर्यात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ । आर्थिक वर्ष २०७४/७५ यता मात्रै नेपालले युक्रेनसँग करिब ५७ अर्बको वैदेशिक व्यापार गरिसकेको छ ।

युक्रेनसँगको पाँच वर्षको व्यापार

आर्थिक वर्ष आयात निर्यात
२०७४/७५ ४ अर्ब ९३ करोड ६३ लाख ९७ हजार ७६ लाख४६ हजार
२०७५/७६ १० अर्ब १४ करोड ४८ लाख ३१ हजार ३१ लाख १७ हजार
२०७६/७७ १० अर्ब २२ करोड २६ लाख ३९ हजार ४८ लाख १२ हजार
२०७७/७८ १७ अर्ब १७ करोड ६८ लाख ३ हजार २२ लाख ८६ हजार
२०७८/७९ (माघसम्म) १४ अर्ब ४२ करोड ३३ लाख १५ लाख ७८ हजार
अन्तर्राष्ट्रिय व्यापारदेखि भान्सासम्मै असर

पूर्वसचिव पुरुषोत्तम ओझा रुस र युक्रेन युद्धले कच्चा तेलको मूल्य थप बढाउने भएकाले मुलुकको अर्थतन्त्र प्रभावित हुने बताउँछन् ।

खाने तेलका कच्चपदार्थको आयात प्रभावित हुने वा लागत महंगिने उनको भनाइ छ । युक्रेनको सट्टा अर्को मुलुकबाट त्यस्ता वस्तु आउन सक्ने भएपनि लागत बढ्ने जोखिम हुने ओझा बताउँछन् ।

पेट्रोलियम पदार्थमा हुने मूल्य वृद्धिले ढुवानी, कृषि उत्पादन र औद्योगिक उत्पादनदेखि नेपाली भान्सामा प्रयोग हुने वस्तुको मूल्य थप बढ्ने उनको तर्क छ ।

नेपाली व्यवसायीले युक्रेन, क्यानडा, ब्राजिलबाट सनफ्लावर र भटमासको तेलको कच्चा पदार्थ ल्याई प्रशोधन गरेर भारततर्फ निर्यात गर्दै आइरहेका छन् । केही वर्षदेखि भटमास र सनफ्लावर तेल नेपालको प्रमुख निर्यात हुने वस्तुभित्र पर्दै आएको छ । चालु आवको माघसम्म मात्रै ७३ अर्ब ६४ करोडको पाम, भटमास र सनफ्लावर तेल नेपालबाट निर्यात भएको थियो ।

कच्चा पदार्थको स्रोत मुलुकमै समस्या भएपछि अब ती वस्तुको आयात र निर्यातसँगै स्वदेशी बजारको खपतसमेत प्रभावित हुने नेपाल वनस्पति घिउ तेल उत्पादक संघले जनाएको छ ।

‘नेपाल आउने सोयबिन र भटमासको कच्चा पदार्थको मुख्य स्रोत मुलुकमध्ये एक युक्रेन पनि हो । अब त्यहाँबाट ल्याउन सम्भव रहेन,’ संघका एक सदस्यले भने, ‘मूल्य यसअघि देखि नै बढ्न थालेको हो, अब अन्य मुलुकबाट हुने आयातमा पनि असर पर्छ ।’

पेट्रोल र सुनमा थप मूल्यवृद्धिको जोखिम

बिहीबार नेपालमा सुनको मूल्य यो वर्षकै उच्च विन्दुमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमै महंगो भएका कारण सुनमा हुने लगानी आगामी दिनमा अझै बढ्न सक्ने व्यवसायीहरु बताउँछन् ।

माघसम्म नेपालले २५ अर्ब २१ करोडको सुन आयात गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार युक्रेनको तनावको असरले सुनमा हुने नेपाल खर्च अझ बढ्न सक्छ । नेपालमा दैनिक २० किलोका दरले सुन आयात र विक्री वितरण गर्न सकिने गरी कोटा तोकिएको छ ।

कच्चा तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा सन् २०१४ यताकै महंगो भएको छ । ब्रेन्ट कच्चा तेलको मूल्य बिहीबार बिहान प्रतिव्यारल एकसय डलर पुगेको छ । कच्चा तेलमा बढेको मूल्यको असर नेपालमा भित्रिने तेलमा पनि पर्छ ।

गत वर्षदेखि नै इन्धन आयातमा गर्नुपर्ने लगानी वाषिर्क ८२ अर्ब हाराहारीले बढेको नेपाल आयल निगमले जनाएको छ ।

इन्धनको बढ्दो मूल्यका कारण आयल निगम नोक्सानीमा तेल बेचिरहेको अवस्थामा अझै मूल्यवृद्धि हुने अवस्था बनेको छ । तेलमा भइरहेको मूल्यवृद्धिले समग्र अर्थतन्त्रमा असर पार्ने निगमका प्रवक्ता विनितमणि उपाध्याय बताउँछन् ।

‘कच्चा तेलको मल्य वृद्धिलाई लिएर हामी चिन्तित छौं, अर्को साता आउने भारतीय आयल निगमको नयाँ मूल्यले निगम गम्भीर संकटमा पार्ने जोखिम छ,,’ उनले भने, ‘यसले अर्थतन्त्रलाई पनि अप्ठ्यारोमा पार्छ ।’

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • ३ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • ३ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • ३ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • ३ वर्ष अगाडि

ताजा खबरहरु

सबै
samir-bhatta-12-gaun-2-looks

‘१२ गाउँ २’ मा समीर भट्टको एक्सन...

  • १ हप्ता अगाडि
ar-madan

२४ दिनको छायांकनपछि ‘मन बिनाको धन–२’को काठमाडौं...

  • १ हप्ता अगाडि
_104529561_koirala_o_nKG3PGy3O9

कांग्रेस संस्थापन इतर समूहले बोलायो आकस्मिक बैठक

  • १ हप्ता अगाडि
balen-2

प्रधानमन्त्रीले दिए फिल्म ‘तिनीहरू’ लाई अस्कर र...

  • १ हप्ता अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved