Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

एमसीसी पारित गर्न शीर्ष नेताहरूमाथि दबाब बढ्दै

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ५ वर्ष अगाडि

अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्नुपर्ने दबाब शीर्ष नेताहरूमाथि बढेको छ । सरकारमा हुँदा प्रायः सबै शीर्ष नेताले प्रक्रियालाई अगाडि बढाउने पहल र नेतृत्व गरेकाले पनि यस्तो अवस्था आएको हो । सत्तारूढ दल नेपाली काँग्रेस एमसीसी पारित गर्नुपर्छ भन्ने पक्षमा छ । त्यस्तै सत्ताका दुुई घटक नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालमाथि पनि पारित गर्न दबाब बढ्दै गएको छ ।

 

अध्यक्ष प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा (माओवादी)का वरिष्ठ नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री पदमा रहँदा २०६८ मा एमसीसी सम्झौताका अध्याय प्रारम्भ भयो तर अनुमोदनको चरणमा आइपुग्दा प्रचण्ड र डा. भट्टराई अलग–अलग पार्टीको नेतृत्व गरिरहेका छन् । त्यसै कारण दुवै नेतालाई आफैँले अघि बढाएको एमसीसी परियोजना अनुमोदनका लागि नैतिक दबाब छ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी अनुमोदनका लागि गरेको आग्रह नकार्ने अवस्थामा उनीहरू छैनन् किनभने यो विषय सत्ता गठबन्धनसँग पनि गाँसिएको डा. भट्टराई बताउँछन् ।

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसीसी अनुमोदन गर्नुपर्नेमा जोड दिँदै यसमा राष्ट्रघाती विषय नरहेको यसअघि नै बताइसकेका छन् तर एमालेले संसद् अवरोध जारी राखेको छ । एमसीसी निर्णयार्थ प्रस्तुत हुँदा एमालेको भूमिका के हुन्छ भन्ने विषयमा ओली बोलेका छैनन् । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. भट्टराईले एमसीसी ढिला नगरी अनुमोदन गर्नुपर्ने बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • ३ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • ३ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • ३ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • ३ वर्ष अगाडि

ताजा खबरहरु

सबै
khall

घरेलु मैदानमा मेक्सिकोको शान, ४० वर्षपछि नकआउट...

  • २ महिना अगाडि
asar 15

लोक सञ्चारकर्मी नेपालको रोपाइँ दिवस : राजु...

  • २ महिना अगाडि
GOAL-Multiple-Images-2-Split-Facebook-2025-12-08T221814.543.jpg-1024x576

आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६...

  • २ महिना अगाडि
director-speaking-1024x768

काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव : ‘तियानतान अवार्ड...

  • ३ महिना अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved