Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

मानव अधिकार आयोगले स्थानीय तहको निर्वाचन अनुगमन गर्ने

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ५ वर्ष अगाडि

११ फागुन, काठमाडौं । मानव अधिकार आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन अनुगमन गर्ने भएको छ ।

बुधबार आयोगले निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त, पूर्व आयुक्त तथा नागरिक समाजका प्रतिनिधिहरुसँग छलफल गर्दै स्थानीय चुनावको अनुगमन गर्ने बताएको हो ।

 

छलफलमा सहभागीरुले राष्ट्रिय मानव अधिकार आयोगले विद्यमान निर्वाचन कानुनको मानव अधिकारको दृष्टिकोणबाट पुनरावलोकन गरी संशोधनका लागि सुझाव दिनुपर्ने, समानुपातिक समावेशीता, लैंगिक समानता, मतदाता शिक्षा, अत्यधिक खर्चिलो निर्वाचन, निर्वाचनको निष्पक्षता र स्वच्छता, भयरहित वातावरण, निर्वाचन आचारसंहिताको पालनालगायतका विषयमा अनुगमन गर्नुपर्ने र देशबाहिर रहेका नेपालीहरुको मतदानको अधिकारका विषयमा निर्वाचन आयोग र सरकारलाई उपयुक्त सुझाव दिए ।

साथै राष्ट्रिय मानव अधिकार आयोगका सदस्यहरुले मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ तथा नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६६ ले प्रत्याभूत गरेका मानव अधिकारहरुको सुनिश्चिता गराउन आयोगले निर्वाचनपूर्व, निर्वाचन अवधि र निर्वाचनपश्चात गरी तीन चरणमा निर्वाचनको अनुगमन गर्ने र अनुगमनबाट प्राप्त तथ्य र निष्कर्षको आधारमा निर्वाचन आयोग र नेपाल सरकारलाई सिफारिस गर्नेसमेत बताए ।

 

छलफलमा निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, निलकण्ठ उप्रेती, पूर्व आयुक्त इला शर्मा, नागरिक समाजका डा. गोपालकृष्ण शिवाकोटी, कला स्वर्णकार, राधिका रेग्मी एवम् आयोगका सदस्यहरु डा. सूर्य ढुंगेल, मिहिर ठाकुर, मनोज दुवाडी, लिली थापा तथा आयोगका अधिकृतहरुको उपस्थिति थियो ।

 

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • ३ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • ३ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • ३ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • ३ वर्ष अगाडि

ताजा खबरहरु

सबै
samir-bhatta-12-gaun-2-looks

‘१२ गाउँ २’ मा समीर भट्टको एक्सन...

  • ७ दिन अगाडि
ar-madan

२४ दिनको छायांकनपछि ‘मन बिनाको धन–२’को काठमाडौं...

  • ७ दिन अगाडि
_104529561_koirala_o_nKG3PGy3O9

कांग्रेस संस्थापन इतर समूहले बोलायो आकस्मिक बैठक

  • १ हप्ता अगाडि
balen-2

प्रधानमन्त्रीले दिए फिल्म ‘तिनीहरू’ लाई अस्कर र...

  • १ हप्ता अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved