Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

टी-२० विश्वकपमा पुग्न नेपालले पायो १७६ रनको लक्ष्य

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ५ वर्ष अगाडि

१० फागुन, काठमाडौं । आईसीसी टी–२० विश्वकपमा पुग्न युएईले नेपाललाई १७६ रनको लक्ष्य दिएको छ ।

ग्लोवल क्वालिफायर ‘ए’ को सेमिफाइनलमा टस जितेर पहिलो व्याटिङ गरेको युएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १७५ रनको योगफल खडा गरेको छ ।

 

नेपालले केही समयपछि जवाफी ब्याटिङ गर्नेछ ।

ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा युएईले विष्फोटक सुरुआत गरेको थियो । सुरुआती ६ ओभरको समाप्तीमा युएईले १ विकेट गुमाएर ५८ रन जोडेको थियो ।

 

दोस्रो ओभरमै युएईका ओपनर चिराग सुरीलाई जितेन्द्र मुखियाले बोल्ड आउट गरेका थिए । तर दोस्रो विकेटका लागि अर्का ओपनर मोहम्मद वासिम र भृत्य अरविन्दले ६६ रनको साझेदारी गरेका थिए ।

आठौं ओभरमा सन्दीप लामिछानेले अरविन्दलाई ४६ रनको व्यक्तिगत स्कोरमा बोल्ट आउट गरे । त्यसपछि आएका मोहम्मद उस्मानसँग मिलेर वासिमले तेस्रो विकेटका लागि थप ६४ रनको साझेदारी गरे ।

१६.१ ओभरमा उस्मान व्यक्तिगत १७ रनमा आउट हुँदा युएई १३६–३ को अवस्थामा पुग्यो । सोही ओभरको अन्तिम बलमा अविनाश बोहोराले वासिमलाई पनि ७० रनमा आरिफ शेखबाट क्याच आउट गराए । वासिमले ४८ बलमा ४ चौका र ४ छक्का प्रहार गरे ।

१७औं ओभरमा अविनाशले दुई विकेट लिएयता युएईको ब्याटिङ सुस्त भएको हो । १८औं ओभरमा जितेन्द्र मुखियाले र १९औं ओभरमा अविनाश बोहराले पुनः विकेट लिए । जितेन्द्र र अविनाशले ३-३ तथा सन्दीप लामिछानेले १ विकेट लिए ।

विश्वकपमा छनोट हुनका लागि नेपालले आज युएईलाई हराउनै पर्नेछ । ग्लोवल क्वालिफायरको समूह ए बाट दुई टोलीले आगामी अक्टोबर/नोभेम्बरमा अस्ट्रेलियामा हुने आईसी ट्वान्टी-२० विश्वकप खेल्नेछ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • ३ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • ३ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • ३ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • ३ वर्ष अगाडि

ताजा खबरहरु

सबै
samir-bhatta-12-gaun-2-looks

‘१२ गाउँ २’ मा समीर भट्टको एक्सन...

  • ७ दिन अगाडि
ar-madan

२४ दिनको छायांकनपछि ‘मन बिनाको धन–२’को काठमाडौं...

  • ७ दिन अगाडि
_104529561_koirala_o_nKG3PGy3O9

कांग्रेस संस्थापन इतर समूहले बोलायो आकस्मिक बैठक

  • ७ दिन अगाडि
balen-2

प्रधानमन्त्रीले दिए फिल्म ‘तिनीहरू’ लाई अस्कर र...

  • ७ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved