Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

गठबन्धन जोगाउन पौडेलले बढाए सक्रियता

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ५ वर्ष अगाडि

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) प्रतिनिधिसभामा टेबुल भएसँगै सत्ता गठबन्धनका राजनीतिक दलबीच सम्बन्ध चिसिएका बेला नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सक्रियता बढाएका छन्।

 

प्रतिनिधिसभाको आइतबारको बैठकमा एमसिसी सम्झौता टेबुल भएपछि सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीभित्र आन्तरिक विवाद तीव्र बन्न पुगेको छ। सरकारमा सहभागी यी दुई दलका सांसद नै एमसिसी सम्झौताको विपक्षमा उभिएपछि वर्तमान गठबन्धन टुट्ने अवस्थामा पुगेको हो।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा वर्तमान गठबन्धन कायम नरहे पनि संसद्बाट एमसिसी अनुमोदन गराएरै छाड्ने अडानमा छन्। माओवादी र एकीकृत समाजवादी सरकारबाट बाहिरिए पनि प्रमुख प्रतिपक्षी एमालेको साथ लिएर एमसिसी पारित गर्ने पक्षमा देउवा छन्।

सोही अनुसार एमालेका नेताहरूसँग देउवाले सम्पर्क बढाएका छन्। माओवादी र एकीकृत समाजवादी गठबन्धनबाट बाहिरिएको अवस्थामा एमसिसी पारित गर्न र सरकार सञ्चालनमा पनि सहयोग गर्ने आश्वासन एमाले नेताहरूले देउवालाई दिँदै आएका छन्।

तर प्रधानमन्त्री देउवाका साथै कांग्रेस नेताहरू सकेसम्म अहिलेको गठबन्धनलाई निरन्तरता दिने पक्षमा छन्। कम्तीमा मंसिरभित्र हुने तीन तहको निर्वाचनसम्म अहिलेको गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको बताउँदै एक नेताले भने, ‘तर सरकारमा बस्ने र सरकारले ल्याएकै प्रस्तावको विपक्षमा उभिने हो भने गठबन्धन भनेर मात्र बस्ने अवस्था हुँदैन। गठबन्धन हुँदैन भने पनि एमसिसी पारित गरेर अघि बढ्नुपर्छ भन्ने कांग्रेसको स्पष्ट धारणा छ।’ उनले अहिलेको गठबन्धनलाई निरन्तरता दिनकै लागि नेता रामचन्द्र पौडेलले गठबन्धनका नेताहरूसँग छलफल अघि बढाएको दाबी गरे। यो समाचार नागरिक दैनिकमा छ ।

 

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • ३ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • ३ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • ३ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • ३ वर्ष अगाडि

ताजा खबरहरु

सबै
khall

घरेलु मैदानमा मेक्सिकोको शान, ४० वर्षपछि नकआउट...

  • २ महिना अगाडि
asar 15

लोक सञ्चारकर्मी नेपालको रोपाइँ दिवस : राजु...

  • २ महिना अगाडि
GOAL-Multiple-Images-2-Split-Facebook-2025-12-08T221814.543.jpg-1024x576

आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६...

  • २ महिना अगाडि
director-speaking-1024x768

काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव : ‘तियानतान अवार्ड...

  • ३ महिना अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved