Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

पछिल्लो समय कस्ता गीत चल्दैछन् ?

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ५ वर्ष अगाडि

८ फागुन, काठमाडौं । युट्युबमा दिनमै आधा दर्जन बढी गीतका भिडियो सार्वजनिक हुँदै आएका छन् । तर सार्वजनिकमध्ये श्रोता-दर्शकको माया अर्थात् युट्युबमा राम्रो भ्युज पाउने सौभाग्य भने एकाध गीतलाई मात्र मिल्छ । पछिल्लो समय यस्तो सौभाग्य पाएका गीत हुन्, ‘नोगेन’ र ‘हजुर मुसुक्कै’ ।

दुई साताअघि सार्वजनिक भएको ‘नोगेन’ बोलको गीतले ४३ लाख ८० हजार बढी भ्युज पाइसकेको छ भने एक साताअघि सार्वजनिक ‘हजुर मुसुक्कै’लाई युट्युबमा १६ लाख ७० हजार लाख बढीले हेरिसकेका छन् । यी दुवै गीतको भिडियो युट्युब ट्रेन्डिङको शीर्षस्थानमा छन् । दुई साताअघि सार्वजनिक ‘नोगेन’मा प्रमोद खरेल र बालगायिका रुक्साना लिम्बूको स्वर छ ।

 

‘द भ्वाइस किड्स’मा आफ्नो टिमको फाइनल प्रतिस्पर्धी रुक्सनासँग प्रमोदले यो गीत गाउनुका साथै भिडियोमा अभिनय गरे । यसअघि सँगै गीत नआएका कारण पनि प्रमोद र रुक्सानाको गीतलाई श्रोता-दर्शकले रुचाए । उसो त यो गीतको शब्द र मेलोडी पक्ष राम्रो छ भने भिडियो सामान्य खर्चमा राम्रो बनाइएको छ ।

‘हजुर मुसुक्कै’को पनि अडियो र मेलोडी पक्ष राम्रो छ । यसमा भिडियोलाई विशेष प्राथमिकता दिइएको छ । संवादसहित पछिल्लो समय भिडियोमा बढिरहेको कथा भन्ने चलनले यसमा प्राथमिकता पाएको छ । भिडियोमार्फत अभिनेता राजेश हमाल र अभिनेत्री निरुता सिंहले १२ वर्षपछि स्क्रिन शेयर गरेका छन् । लामो समयपछि स्क्रिन शेयर गर्दा पनि श्रोता-दर्शकको चासो यो भिडियोमा देखियो ।

 

निर्देशक निकेश खड्का पछिल्लो समय बिरलै गीतहरु मात्र चलेको बताउँछन् । अहिले चलेका कलाकारहरु राख्दा समेत भ्युज नभएको बताउँदै केही नयाँपन नभएका गीतहरु श्रोता-दर्शकले चासो नदिएको उनी बताउँछन् ।

‘पछिल्लो दुईवटा गीतलाई हेर्दा पनि एउटामा राजेश र निरुताको जोडी लामो समयपछि आउँदा श्रोता-दर्शकलाई कौतूहलता जाग्यो,’ उनी भन्छन्, ‘यता प्रमोद दाइ र रुक्साना आउँदा कस्तो हुँदोरहेछ भनेर हेर्न खोजेका थिए ।’ उनी श्रोता-दर्शकलाई कौतूहलता जगाउनु नै अहिलेको चुनौती भएको बताउँछन् ।

‘अहिले श्रोता-दर्शकलाई हेर्नैपर्ने बनाउन केही नयाँ दिनैपर्ने अवस्था छ । लोभलाग्दो केही नयाँ दियौं भने दर्शकहरुले एकचोटी भएपनि हेर्ने भए,’ खड्काले भने, ‘नत्र अहिले श्रोता-दर्शकहरु युट्युबसम्म नै पुगिरहेका छैनन् ।’

उनी म्युजिक भिडियोमा सर्वप्रथम अडियो राम्रो हुनुपर्ने त्यसमा भिडियोले प्लस गर्ने बताउँछन् । अडियो, भिडियो दुवैमा केही नयाँ हुनुपर्ने उनको धारणा छ । पछिल्ला दुई गीत ‘नोगेन’ र ‘हजुर मुसुक्कै’ गीतमा केही नयाँपन कारण सुरुवातमा भिडियोले भ्युजमा प्लस गरेको हुनसक्ने बताए । अडियो पनि बलियो भएका कारण विस्तारै भ्युज प्लस हुँदै गएको आफ्नो बुझाइ रहेको खड्काले बताए ।

विशेषगरी लोकदोहोरी भाकामा चलेका संगीतकार वसन्त थापा पछिल्लो समय लोकदोहोरीमा दुःख, वेदनाका भन्दा रोमान्टिक, रमाइलो खालका गीतहरु श्रोता-दर्शकले प्राथमिकतामा राखेको आफ्नो बुझाइ रहेको बताउँछन् ।

पहिले सेन्टिमेन्टल गीतहरु बढी चल्ने गरेपनि पछिल्लो समय रमाइलाखाले गीतमा बढी चासो राख्ने गरेको उनले बताए । त्यसमा पनि प्रयोगात्मक गीतलाई नै रुचाइरहेको उनको भनाइ छ ।

उनी गीतको मुटु विषयवस्तु र अडियो भएको बताउँछन् । ‘अडियो नै बलियो भएन भने भिडियो जति राम्रो बनाएपनि अर्थ हुँदैन जस्तो लाग्छ,’ उनले भने, ‘भिडियोले सपोर्ट गर्ने हो जस्तो लाग्छ ।’

उनले पनि पछिल्लो समय भिडियोको भ्युज अपेक्षित नरहेको बताए । अग्रज संगीतकार सुरेश अधिकारी पछिल्लो समय गीत सुन्ने मात्र नभएर हेर्ने पनि भइसकेको अवस्थामा स्तरीय भिडियो निर्माणमा ध्यान दिनु उत्तिकै आवश्यक रहेको बताउँछन् ।

‘हजुर मुसुक्कै’का गीतकार तथा संगीतकार रहेका उनी पछिल्लो समय श्रोता-दर्शकले नौलोपन पनि खोजिरहेको बताउँछन् । उनी भन्छन्, ‘श्रोता-दर्शकले नौलोपन त खोज्ने नै भइहाले । त्यसमा सर्वप्रथम अडियो बलियो त हुनु पर्‍यो नै । अहिले भिडियो पनि स्तरीय बन्नुपर्ने स्थिति छ ।’

 

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • ३ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • ३ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • ३ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • ३ वर्ष अगाडि

ताजा खबरहरु

सबै
samir-bhatta-12-gaun-2-looks

‘१२ गाउँ २’ मा समीर भट्टको एक्सन...

  • १ हप्ता अगाडि
ar-madan

२४ दिनको छायांकनपछि ‘मन बिनाको धन–२’को काठमाडौं...

  • १ हप्ता अगाडि
_104529561_koirala_o_nKG3PGy3O9

कांग्रेस संस्थापन इतर समूहले बोलायो आकस्मिक बैठक

  • १ हप्ता अगाडि
balen-2

प्रधानमन्त्रीले दिए फिल्म ‘तिनीहरू’ लाई अस्कर र...

  • १ हप्ता अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved