Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

एमसीसी : न वार न पार !

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ५ वर्ष अगाडि

सत्ता गठबन्धनमा सहमति नजुटेपछि एमसीसी शुक्रबार पनि संसद्मा पेस भएन । प्रधानमन्त्री र उनको पार्टी कांग्रेसले जतिसक्दो चाँडो एमसीसी संसद्मा लैजान जोडबल गरे पनि गठबन्धनका अरू दलले मानेका छैनन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार नै संसद्मा पेस गर्ने तयारी गरेका थिए। तर, गठबन्धनको माओवादी केन्द्र कुनै हालतमा एमसीसी अनुमोदन गर्न नहुने पक्षमा उभिएको छ। प्रधानमन्त्रीले ‘जबर्जस्ती’ संसद्मा पेस गरे ‘सत्ता छोड्ने’ निर्णय उसले गरिसकेको छ। जसपाका नेता डा. बाबुराम भट्टराई एमसीसीका पक्षमा खुलेर लागेका कारण उपेन्द्र यादवलाई एमसीसीको विपक्षी कित्तामा उभ्याउने प्रयत्नमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड क्रियाशील छन्। गठबन्धनको अर्को दल एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने ‘एमसीसीका कारण गठबन्धन नभत्कियोस् भनेर बीचको बाटो खोजिरहेका छन्। राष्ट्रिय जनमोर्चा सुरुदेखि नै एमसीसीको विपक्षमा छ।

 

गठबन्धनको शुक्रबारको बैठकमा सहमति नजुटेपछि आइतबार फेरि छलफल गर्ने र त्यो बेलासम्म संसद् बैठक स्थगित गर्ने निर्णय गरिएको थियो। त्यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवासमा कांग्रेस बाहेकका गठबन्धनका तीन पार्टीको बैठक बसेको थियो। उक्त बैठकले गठबन्धन कायमै राख्नुपर्ने र आफूभित्र सहमति जुटाउन संसद् बैठक केही दिन पर सार्ने प्रस्ताव प्रधानमन्त्रीसँग गर्ने निर्णय गरेको थियो।

त्यसपछि प्रधानमन्त्री निवास बालवाटारमा गठबन्धनको बैठक बसेको थियो। छोटो समय मात्रै बसेको उक्त बैठकमा दलहरूले आ-आफ्ना अडान दोहोराए। बैठकको प्रारम्भमै प्रधानमन्त्री देउवाले के धारणा ल्याउनुभयो’ भनेर गठबन्धनका नेताहरूलाई सोधेका थिए। ‘पार्टीको स्थायी कमिटीको बैठक छ, आइतबार सम्म पर्खिदिनुस् भनेर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले समय माग्नुभयो,’ स्रोतले भन्यो। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने एमसीसी पेस गरे विपक्षमा मतदान गर्ने साथीहरूको अडान कायमै छ भन्ने जवाफ दिएका थिए। एकीकृत समाजवादीका अध्यक्ष नेपालको अनुरोधसँगै फागुन ८ गने फेरि बस्ने भन्दै नेताहरू बैठकबाट हिँडेका थिए। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

 

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • ३ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • ३ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • ३ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • ३ वर्ष अगाडि

ताजा खबरहरु

सबै
samir-bhatta-12-gaun-2-looks

‘१२ गाउँ २’ मा समीर भट्टको एक्सन...

  • ६ दिन अगाडि
ar-madan

२४ दिनको छायांकनपछि ‘मन बिनाको धन–२’को काठमाडौं...

  • ६ दिन अगाडि
_104529561_koirala_o_nKG3PGy3O9

कांग्रेस संस्थापन इतर समूहले बोलायो आकस्मिक बैठक

  • ६ दिन अगाडि
balen-2

प्रधानमन्त्रीले दिए फिल्म ‘तिनीहरू’ लाई अस्कर र...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved