Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

रातो मच्छिन्द्रनाथ रथका पुराना पाङ्ग्रा बेवारिसे

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ५ वर्ष अगाडि

रातो मच्छिन्द्रनाथ रथका पुराना पाङ्ग्रा वर्षौंदेखि बेवारिसे रूपमा मिल्काइएका छन् । ती पाङ्ग्रा मक्किएका र कुहिएका छन् । काम लाग्दैनन् । दशकौँदेखि जावलाखेलमा थन्क्याइएका ती पुराना पाङ्ग्राले अब रथको भार थेग्न सक्दैनन् । केही वर्षअघि स्थान अभाव भएकाले पुल्चोकमा राखिएका आठवटा पाङ्ग्रालाई नष्ट गरिएको थियो । रथको सबैभन्दा तल प्रयोग हुने ३२ हातका मोटा काठ (धमा) पनि थन्क्याइएका छन् । जावलाखेलमा एउटा र पुल्चोकमा चारवटा पुराना धमा बेवारिसे छन् ।

 

रातो मच्छिन्द्रनाथको रथका लागि काठसम्बन्धी काम वाराही जातिले तयार गर्ने परम्परा छ । वाराही नाइके दिलकुमार वाराहीले पुराना पाङ्ग्रा अब काम नलाग्ने भन्दै थप्नुभयो, “त्यसलाई राख्न स्थान अभाव भइरहेको छ । ती व्यवस्थित गरिदिनू भनेर गुठी संस्थानमा निवेदन दिएका थियौँ तर निवेदनको वास्ता गरिएन ।”

पाङ्ग्रा राख्ने स्थान अभाव छ । पुराना पाङ्ग्राले स्थान ओगटेपछि जावलाखेलको टहरोमा हाल प्रयोगयोग्य रहेका चारवटा पाङ्ग्रालाई जेनतेन कोचेर राखिएको छ । टहरो पूरै बन्द नभएकाले परेको पानी पाङ्ग्रासम्म पुग्ने गरेको छ । पुराना केही पाङ्ग्रा टहराबाहिर पनि त्यत्तिकै फ्याँकिएको छ ।

पाङ्ग्राका लागि आवश्यक पर्ने सानदान जातको काठ बाराको अमलेखगञ्जबाट ल्याइने गरिएको छ । रथलाई थाम्न सक्ने र गुडाउँदा नफुट्ने हुँदा त्यस जातको काठ प्रयोग गर्ने गरिएको छ । सानदानको काठ अब दुर्लभ हुँदै गएको छ ।

काठ ललितपुरमा भिœयाउन नाप जाँचदेखि वन कार्यालयको अनुमतिसम्मका प्रक्रिया पूरा गर्न कम्तीमा डेढ महिना लाग्ने गरेको छ । एक ट्रक काठबाट चारवटा पाङ्ग्रा तयार हुन्छ र ललितपुरसम्म ल्याइपु याउँदा करिब पाँच लाख रुपियाँ खर्च लाग्ने गरेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • ३ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • ३ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • ३ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • ३ वर्ष अगाडि

ताजा खबरहरु

सबै
khall

घरेलु मैदानमा मेक्सिकोको शान, ४० वर्षपछि नकआउट...

  • २ महिना अगाडि
asar 15

लोक सञ्चारकर्मी नेपालको रोपाइँ दिवस : राजु...

  • २ महिना अगाडि
GOAL-Multiple-Images-2-Split-Facebook-2025-12-08T221814.543.jpg-1024x576

आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६...

  • २ महिना अगाडि
director-speaking-1024x768

काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव : ‘तियानतान अवार्ड...

  • ३ महिना अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved