Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

एमसीसीको विरोधमा चर्कियो सडक संघर्ष

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ५ वर्ष अगाडि

४ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा टेबल गर्न लागेको विरोधमा काठमाडौंमा बुधबार प्रदर्शन भएको छ ।

सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, संसदमा रहेका नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र संसद बाहिर रहेका विप्लव नेतृत्वको नेकपालगायतका राजनीतिक दलहरु एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका थिए ।

 

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, राम कार्कीलगायतका नेताहरु आफैं सडक प्रदर्शनमा सहभागी भए । त्यस्तै माओवादीको युवा संगठन वाईसीएल अध्यक्ष सुमन देवकोटा सामान्य घाइते भएका थिए ।

५० मिलियन अमेरिकी डलर बराबरको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) कार्यान्वयनअघि यसम्बन्धी सम्झौता संसदबाट अनुमोदन हुनुपर्ने शर्त रहेकाले नेपालमा यसको विरोध भइरहेको छ ।

 

सत्तारुढ दलहरुबीच बुधबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता पेश गर्ने समझदारी थियो त्यसको विरोधमा दलका कार्यकर्ताहरु सडकमा उत्रिएर ‘एमसीसी खारेज गर’ को नारा लगाएका हुन् ।

 

संघीय संसद भवन नयाँ बानेश्वर केन्द्रित प्रदर्शन नियन्त्रण गर्न ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी कर्मचारी परिचालन गरिएका थिए । संघीय संसद भवनको पश्चिमतर्फ एभरेस्ट होटल नजिकदेखि निषेधित क्षेत्र तोकिएकाले प्रहरीले प्रदर्शनकारीलाई अघि बढ्न नदिन सडक बन्द गराएर बार राखेको थियो ।

सो बार हटाएर संसद भवनतर्फ अघि बढ्न खोज्ने प्रदर्शनकारी र प्रहरीबीच बुधबार दिउँसो झडप भएको थियो । प्रहरीले प्रदर्शनकारीलाई हटाउन पानीको फोहोरा, अश्रुग्यास र लाठीचार्ज गरेको थियो । प्रदर्शनकारीले पनि प्रहरीतर्फ ढुंगा र इँटा प्रहार गरेका थिए । झडपका क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् । प्रहरीले सय भन्दा बढीलाई पक्राउ गरेको छ ।

 

 

 

 

 

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • ३ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • ३ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • ३ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • ३ वर्ष अगाडि

ताजा खबरहरु

सबै
khall

घरेलु मैदानमा मेक्सिकोको शान, ४० वर्षपछि नकआउट...

  • २ महिना अगाडि
asar 15

लोक सञ्चारकर्मी नेपालको रोपाइँ दिवस : राजु...

  • २ महिना अगाडि
GOAL-Multiple-Images-2-Split-Facebook-2025-12-08T221814.543.jpg-1024x576

आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६...

  • २ महिना अगाडि
director-speaking-1024x768

काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव : ‘तियानतान अवार्ड...

  • ३ महिना अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved