Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

एमसिसी संसद्मा टेबुल गर्ने तयारी

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ५ वर्ष अगाडि

प्रतिनिधिसभाको बुधबारको बैठकमा अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) टेबुल हुने लगभग निश्चित भएको छ। एमसिसीलाई कार्यसूचीमा राख्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटाले बुधबार बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति जुटाएर एमसिसी अघि बढाउन सभामुख सापकोटा तयार भएका छन्।

 

सत्ता गठबन्धनमा रहेका प्रमुख तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच मंगलबार भएको छलफलपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख सापकोटालाई टेलिफोन गरी बुधबार बस्ने प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा एमसिसीलाई राख्न भनेका छन्।

प्रधानमन्त्री एवं कांग्रेस सभापति रहेका देउवाले संसदीय दलको बैठक स्थलबाटै सभामुख सापकोटालाई फोन गरेका थिए। यस विषयमा सहमति जुटाउन सभामुख सापकोटाले सोमबार सर्वदलीय बैठक बोलाएका थिए। तर सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले उपस्थित भएन।

प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच मंगलबार भएको छलफलमा एमसिसीलाई सदनमा टेबुल गर्ने सहमति भएकोे छ। टेबुल गरेपछि कसरी अगाडि बढाउने भन्नेबारे विभिन्न विकल्पमा छलफल भए नि टुंगो भने नलागेको स्रोतले बताएको छ। कांग्रेस संसदीय दलको मंगलबार बसेको बैठकले पनि एमसिसीलाई सदनमा पेस गर्न सरकारलाई आग्रह गरेको छ। यो समाचार नागरिक दैनिकमा छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • ३ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • ३ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • ३ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • ३ वर्ष अगाडि

ताजा खबरहरु

सबै
samir-bhatta-12-gaun-2-looks

‘१२ गाउँ २’ मा समीर भट्टको एक्सन...

  • १ हप्ता अगाडि
ar-madan

२४ दिनको छायांकनपछि ‘मन बिनाको धन–२’को काठमाडौं...

  • १ हप्ता अगाडि
_104529561_koirala_o_nKG3PGy3O9

कांग्रेस संस्थापन इतर समूहले बोलायो आकस्मिक बैठक

  • १ हप्ता अगाडि
balen-2

प्रधानमन्त्रीले दिए फिल्म ‘तिनीहरू’ लाई अस्कर र...

  • १ हप्ता अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved