Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

१२ वर्षपछि निरुतासँग देखिंदा राजेशले भने- कहाँ जालिस् मछली मेरै ढडिया

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ५ वर्ष अगाडि

१ फागुन, काठमाडौं । अभिनेता राजेश हमाल र अभिनेत्री निरुता सिंहबीच १२ वर्षयता विभिन्न अवार्ड समारोह र चलचित्रका लागि भएका मिटिङमा भेट भएको थियो । तर उनीहरुले एकसाथ काम भने गरेका थिएनन् ।

१२ वर्षसम्म एकसाथ पर्दामा नदेखिएका राजेश र निरुताले आइतबार सार्वजनिक भएको ‘हजुर मुसुक्कै’ बोलको गीतमा सँगै काम गरेका छन् । नेपाल बाइसे–चौबिसे राज्य हुँदा पश्चिमको एक राज्यमा राजाले गर्ने प्रेमको कथामा यो भिडियो तयार पारिएको छ ।

 

कार्यक्रममा बोल्दै अभिनेता राजेश हमालले भने, ‘निरुताजी र मैले एकसाथ काम नगरेको १२ वर्ष भएको थियो । तर कहाँ जालिस् मछली मेरै ढडिया भनेजस्तै भयो । एउटै क्षेत्रमा काम गरेपछि कहीं न कहीं भेट त भइहाल्छ ।’

 

 

निरुताले पनि मछलीलाई कसैले पनि ढडियामा पार्न नसकेको भन्दै बल्ल अवसर जुरेको बताइन् । कार्यक्रममा राजेश र निरुताबीच केही समय रमाइलो कुराकानी चलेको थियो । निरुताले राजेश हमालसँग म्युजिक भिडियोमैै भएपनि काम गर्न पाएकोमा खुसी लागेको बताइन् ।

१२ वर्षपछि भेट्दा निरुतामा के परिवर्तन पाउनुभयो त भन्ने प्रश्नमा राजेशले भने, ‘१२ वर्षअघि उहाँ हुर्किंदै हुनुहुन्थ्यो । अहिले भरपुर जवानी चढेछ । पर्नु पीर पर्‍यो ।’

जवाफमा निरुताले भनिन्, ‘उहाँ बल्ल २१ वर्षको जस्तो हुनुहुन्छ । म त स्विट १६ हो । आज भेट्दा त २१ बाट पनि तल झर्नुभयो कि जस्तो लाग्दैछ ।’

सार्वजनिक गीतको भिडियोमा राजेश र निरुताको साथमा प्रिन्स विश्वकर्मा, प्रियना आचार्य, सुरवीर पण्डित लगायतको अभिनय छ ।

 

भव्य सेटमा तीन दिन तीन रात लगाएर खिचिएको यो भिडियोलाई जीबी अग्रीले निर्देशन गरेका हुन् । उनकै कथा र पटकथा रहेको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । सञ्जय लामाले खिचेको भिडियोलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

यो गीतमा रचना रिमाल र कृष्ण विकको स्वर र सुरेश अधिकारीको शब्द तथा संगीत छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • ३ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • ३ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • ३ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • ३ वर्ष अगाडि

ताजा खबरहरु

सबै
khall

घरेलु मैदानमा मेक्सिकोको शान, ४० वर्षपछि नकआउट...

  • २ महिना अगाडि
asar 15

लोक सञ्चारकर्मी नेपालको रोपाइँ दिवस : राजु...

  • २ महिना अगाडि
GOAL-Multiple-Images-2-Split-Facebook-2025-12-08T221814.543.jpg-1024x576

आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६...

  • २ महिना अगाडि
director-speaking-1024x768

काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव : ‘तियानतान अवार्ड...

  • ३ महिना अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved