Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

प्रकृतीमै छोडिए बीस ‘घडियाल गोही’

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ५ वर्ष अगाडि

अति संकटापन्न जीवका रुपमा रहेको “घडियाल गोही” लाई प्रकृतिमै छोडिएको छ। शनिबार एक कार्यक्रमको आयोजना गरि दुई भाले र १८ पोथी गरि बीस घडियाल गोहीलाई नवलपुरको देवचुली नगरपालिका वडा नं १ केउरेनी घाटस्थित प्राकृतिक वासस्थान नारायणी नदिमा छोडिएको हो।

 

सिसवार मध्यवर्ती उपभोक्ता समिती, देवचुली नगरपालिका वडा नं १,२,१३,१४,१५,१६ र १७, दिव्य मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह र समुदायमा आधारित वन्यजन्तु चोरी सिकारी नियन्त्रण जागरण अभियान (सिबिएपियु) को संयुक्त आयोजना तथा चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) र तराई भू-परिधी कार्यक्रम (टिएएल))को सहयोगमा अति संकटापन्न घडियाल गोहीलाई नारायणी नदीमा छोड्ने कार्यक्रमको आयोजना गरिएको हो।

 

कार्यक्रमको अध्यक्षता शिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेले गर्नुभएको थियो भने प्रमुख अतिथिका रुपमा देवचुली नगरपालिकाका नगरप्रमुख पूर्णकुमार श्रेष्ठ रहनुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले आफ्नो कार्यकालको अन्तिम समयमा आएर पनि घडियालको गोहीको संरक्षण जस्तो महत्वपूर्ण कार्यमा जोडिन पाउँदा खुसी लागेको बताउनुभयो।

 

उहाँले संरक्षण कार्यलाई सबै तह र तप्काका ब्यक्तीले उतिकै महत्व दिन सकेमात्रै संरक्षण हुन सक्ने बताउनु भयो। कार्यक्रममा बोल्ने बक्ताहरुले घडियाल गोहीको संरक्षणका लागि प्राकृतिक वासस्थानमा छोडेर मात्रै नहुने तर यसको संरक्षण गर्न जल, वायु र वातावरणको सन्तुलन राख्नुपर्ने तर्क राखेका थिए।

 

कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य, खडकदल गणका प्रमुख सेनानी शसीकुमार कार्की, पूर्व चिफ वार्डेन रामप्रित यादव, सिख्रौली उपभोक्ता समितीका अध्यक्ष मधुकर मल्ल, चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेल देवचुली नगरपालिकाका प्रवक्ता क्याप्टेन डिलबहादुर खत्री, ह्याप्पी एफ एमका प्रवन्ध निर्देशक दिपेश कडरिया लागयतले घडियाल संरक्षणको वर्तमान अवस्था र चुनौतीका विषयमा बोल्नुभएको थिए।

 

कार्यक्रममा चि.रा. नीका सहायक संरक्षण अधिकृत शान्तबहादुर मगर, कुजौली रेन्जपोष्टका रेन्जर बिमला पौडेल, लौखानी रेन्जपोष्टका रेन्जर राम कुँवर, देवचुली नगरपालिका वडा नं १,२,१३,१४,१५ र १७ का वडाध्यक्षरु, प्रगती मध्यवर्ती सामुदायिक वन, नारायणी मध्यवर्ती सामुदायिक वन, मातृभुमी मध्यवर्ती सामुदायिक वन, भू-संरक्षण मध्यवर्ती सामुदायिक वनका अध्यक्षहरु लगायत संरक्षणकर्मीहरुको उपस्थिति रहेको थियो।

 

दिब्य मध्यवर्ती सामुदायिक वनका अध्यक्ष देविलाल देवकोटाको स्वागत मन्तब्य रहेको कार्यक्रमको सहजीकरण शिसवार मध्यवर्ती उपभोक्ता समितिका कार्यालय सचिव सत्यराज अधिकारीले गर्मुभएको थियो।

 

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • ३ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • ३ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • ३ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • ३ वर्ष अगाडि

ताजा खबरहरु

सबै
samir-bhatta-12-gaun-2-looks

‘१२ गाउँ २’ मा समीर भट्टको एक्सन...

  • १ हप्ता अगाडि
ar-madan

२४ दिनको छायांकनपछि ‘मन बिनाको धन–२’को काठमाडौं...

  • १ हप्ता अगाडि
_104529561_koirala_o_nKG3PGy3O9

कांग्रेस संस्थापन इतर समूहले बोलायो आकस्मिक बैठक

  • १ हप्ता अगाडि
balen-2

प्रधानमन्त्रीले दिए फिल्म ‘तिनीहरू’ लाई अस्कर र...

  • १ हप्ता अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved