Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

प्रधानमन्त्रीलाई प्रचण्डको प्रश्न : सभामुख हटाउन खोजेको हो ?

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ५ वर्ष अगाडि

२९ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन खोजेको हो ? भनी प्रश्न गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार प्रधानमन्त्री देउवा, प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो । छलफलमा प्रचण्डले प्रधानमन्त्री देउवालाई सभामुखबारे प्रश्न गरेका उनी निकट एक नेताले जानकारी दिए ।

 

प्रचण्डको प्रश्नमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि साथ दिएका थिए । सभामुख हटाउन हस्ताक्षर संकलन भएको हल्ला सुनेको भन्दै उनीहरुले प्रधानमन्त्रीको जवाफ मागेका थिए । जवाफमा प्रधानमन्त्री देउवाले सभामुख हटाउने विषय सोच्न पनि नसकिने बताएका प्रचण्डनिकट नेताले बताएका छन् ।

‘यो (सभामुख हटाउने विषय) सोच्नै सकिंदैन । केही (हस्ताक्षर) संकलन भएको छैन र होइन । अनावश्यक हल्ला भएको विषयमा कुरै नगरौं’ देउवाको जवाफबारे प्रचण्डको ब्रिफिङ सुनेका ती नेताले भने ।

 

प्रचण्ड र नेपालले फागुन २ गते बोलाइएको प्रतिनिधिसभाको बैठक फागुन ४ गतेलाई सार्न उपयुक्त हुने बताएका छन् । प्रमुख विपक्षी दल नेकपा एमालेले २ गतेको बैठक सार्न सभामुखलाई आग्रह गरिसकेको छ । जवाफमा प्रधानमन्त्री देउवाले सभामुखसम्म सन्देश पुर्‍याउने बताएका ती नेताले बताए ।

देउवाले भने : संसदमा पेश गर्न दिनुस्

छलफलमा प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता संसदमा पेश गर्न दिन आग्रह गरेका थिए । एमसीसी संसदमा लैजाँदैमा गठबन्धन नटुट्ने पनि उनले बताए ।

‘एमसीसी संसदमा टेबुल हुँदैमा गठबन्धन टुट्दैन । बरु तपाईंहरु त्यो दिन उपस्थित नभइदिनुस् वा उपस्थित भएर के गर्नुहुन्छ त्यो निर्णय आफैं लिनुस् । तर, संसदमा टेबुल गर्नुपर्‍यो’ देउवाको भनाइ उद्धृत गर्दै एक नेताले भने ।

एमसीसी टेबुल गरेपछि बाँकी प्रक्रिया रोक्ने वा नरोक्ने जे का लागि पनि आफू तयार रहेको देउवाको भनाइ छ ।

‘टेबुल गर्ने दिन उपस्थित हुने वा नहुने ? पास वा फेलको प्रक्रियामा जान दिने वा नदिने ? यसमा हामी संयुक्त वा स्वतन्त्र दुवै ढंगले निर्णय गर्न सक्छौं’ देउवाले प्रस्ताव छ, ‘यही कारण गठबन्धन टुट्दैन, म यसमा प्रतिबद्ध छु ।’

‘जबर्जस्ती गरे चुनाव बिथोलिन्छ’

प्रधानमन्त्री देउवाको आग्रहलाई प्रचण्ड र नेपालले भने अस्वीकार गरे । उनीहरुले स्थानीय तह निर्वाचनअघि एमसीसी अगाडि बढाउन नहुने अडान दोहोर्‍याए ।

नेताहरुका अनुसार माधव नेपालले जबरजस्ती एमसीसी संसदमा टेबुल गर्न खोजे आगामी वैशाख ३० गतेलाई तय भएको स्थानीय तहको निर्वाचनको वातावरण बिथोलिने बताए ।

‘जबर्जस्ती एमसीसी अगाडि बढाउँदा चुनावी वातावरण बिथोलिन्छ । तोकिएको मितिमा चुनाव नहुन सक्छ । यसका लागि तपाईं तयार हुनुहुन्छ ?’ प्रधानमन्त्री देउवालाई माधव नेपालले सोधेका थिए ।

तर, देउवाले माधव नेपालको यो प्रश्नको जवाफ भने दिएनन् । बरु आफ्नो मनसाय गठबन्धन भत्काउने नभएको भन्दै भूराजनीतिक दबावलाई अन्यथा नलिइदिन आग्रह गरे ।

माओवादी अध्यक्ष प्रचण्डले एमसीसी अगाडि बढाउनेबित्तिकै पनि चुनावी वातावरण असहज बन्ने बताए ।

जनतामा एमसीसीबारे गडेको चुरो निकाल्नका लागि थप प्रष्टता आवश्यक रहेको र त्यो प्रष्टता चुनाव अगाडि संभव नरहेको भन्दै उनले एमालेलाई साथमा लिएर एमसीसीलाई चुनाव पछाडि लैजानु नै उपयुक्त विकल्प रहेको दोहोर्‍याए ।

‘तपाईंले विपक्षीसँग कुरा गरेर एमसीसीलाई चुनाव पछाडि लैजाने वातावरण बनाउनेतिर ध्यान दिनु उपयुक्त देख्छु’ प्रचण्डले भनेकाे उनको ब्रिफिङ सुनेका एक नेताले बताए ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • ३ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • ३ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • ३ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • ३ वर्ष अगाडि

ताजा खबरहरु

सबै
samir-bhatta-12-gaun-2-looks

‘१२ गाउँ २’ मा समीर भट्टको एक्सन...

  • १ हप्ता अगाडि
ar-madan

२४ दिनको छायांकनपछि ‘मन बिनाको धन–२’को काठमाडौं...

  • १ हप्ता अगाडि
_104529561_koirala_o_nKG3PGy3O9

कांग्रेस संस्थापन इतर समूहले बोलायो आकस्मिक बैठक

  • १ हप्ता अगाडि
balen-2

प्रधानमन्त्रीले दिए फिल्म ‘तिनीहरू’ लाई अस्कर र...

  • १ हप्ता अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved