Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

बैंकहरुले अब इन्टरनेटबाटै ५ लाखसम्म कर्जा प्रवाह गर्न सक्ने, कर्जामा अतिरिक्त शुल्क लिन नपाउने

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ५ वर्ष अगाडि

बैंक तथा वित्तीय संस्थाहरुले अब विद्युतीय माध्ययमबाटै अधिकतम ५ लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्न पाउने भएका छन् । बैंकहरुले इन्टरनेट बैंकिङसँगै मोबाइल बैंकिङ तथा विविध विद्युतीय भुक्तानीका साधानहरुबाट २ लाखदेखि अधिकतम ५ लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्न पाउने भएका हुन् ।

शुक्रबार राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा (डिजिटल ल्यान्डिङ) सम्बन्धी मार्गदर्शन, २०७८ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । बैंकका अनुसार विद्युतीय माध्यमबाट कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाहरुले तलवी खाता रहेका वा पेशागत तथा व्यवसायिक आय जम्मा हुने खाता रहेका ग्राहकको हकमा अधिकतम ५ लाखसम्म र अन्य ग्राहकको हकमा अधिकतम २ लाखसम्म कर्जा प्रवाह गर्न सक्ने छन् । तर, यस्तो कर्जा प्रवाहमा बैंकले ग्राहकसँग कर्जा सेवा शुल्क तथा तेस्रो पक्षलाई बुझाउनु पर्ने शुल्कबाहेक अन्य शुल्क लिन पाउने छैनन् ।

बैंक तथा वित्तीय संस्थाको विद्युतीय कर्जा प्रक्रियामा अन्य भुक्तानी सेवा प्रदायक संस्था आधिकारिक प्रतिनिधिको रुपमा संलग्न हुने भएमा त्यस्ता संस्थालाई प्रदान गर्नुपर्ने सेवा शुल्क ग्राहकबाट अतिरिक्त रुपमा नलिई बैंक तथा वित्तीय संस्थाले नै व्यहोर्नु पर्ने राष्ट्र बैंकले बताएको छ ।

यद्यपि, यस्तो विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जामा बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह हुनपूर्वनै ग्राहकलाई यस्तो सेवामा लाग्ने शूल्क बारे जानकारी दिनुपर्ने छ ।
ग्राहकको भौतिक उपस्थितिबिना नै वित्तीय सेवा प्रवाह गर्ने गरी नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन, २०७३ समेत) को दफा ११० को उपदफा (३) बमोजिम सहजीकरण गरिएको यस्तो विद्युतीय भुक्तानीमा बैंक तथा वित्तीय संस्थाले जोखिमको अधिकतम भन्दा अधिकतम ख्याल गर्नुपर्ने र यस्तो कर्जाको अवधि अधिकतम तीन वर्षसम्म हुने बैंकले जनाएको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • ३ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • ३ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • ३ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • ३ वर्ष अगाडि

ताजा खबरहरु

सबै
samir-bhatta-12-gaun-2-looks

‘१२ गाउँ २’ मा समीर भट्टको एक्सन...

  • १ हप्ता अगाडि
ar-madan

२४ दिनको छायांकनपछि ‘मन बिनाको धन–२’को काठमाडौं...

  • १ हप्ता अगाडि
_104529561_koirala_o_nKG3PGy3O9

कांग्रेस संस्थापन इतर समूहले बोलायो आकस्मिक बैठक

  • १ हप्ता अगाडि
balen-2

प्रधानमन्त्रीले दिए फिल्म ‘तिनीहरू’ लाई अस्कर र...

  • १ हप्ता अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved