Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

वसन्तले आरोप प्रमाणित गर्न सक्नुपर्छ, नत्र मानहानीकाे मुद्दा दायर गर्छु : महेश खड्का

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ५ वर्ष अगाडि

२८ माघ, काठमाडौं । संगीतकार महेश खड्काले चर्चामा आउनका लागि संगीतकार वसन्त सापकोटाले आफूमाथि संगीत चोरीको आरोप लगाएको दाबी गरेका छन् । कानुनी रुपमा आरोप प्रमाणित गरेर देखाए आफू सजाय भोग्न तयार रहेको खड्काको भनाइ छ । आरोप प्रमाणित गर्न नसके मानहानीको मुद्दा दायर गर्न सक्ने समेत उनले बताए ।

अहिले ट्रेन्डिङमा रहेको गीत ‘नोगेन’को संगीत आफ्नो गीत ‘सागर सरी’सँग मिलेको सापकोटाले आरोप लगाएपछि संगीतकार खड्काले शुक्रबार पत्रकार सम्मेलन गर्दै सापकोटाले यो आरोप प्रमाणित गर्न चुनाैती दिए । खड्काले भने, ‘कि चोरेको हो, मिलेको हो भनेर आरोप प्रमाणित गरेर देखाउनुपर्छ । नत्र म कानुनी उपचारमा जान्छु । मेरो मानहानी भएको छ । मैले ३० वर्ष लगाएर यो क्षेत्रमा कमाएको ख्यातिको अपमान भएको छ ।’

 

कानुनी उपचारको बाटो हुँदाहुँदै पनि संगीतकार सापकोटाले कुण्ठित मनसायले आरोप–प्रत्यारोप लगाउँदै मिडियाबाजी गर्दै हिंडिरहेको उनले बताए । संगीतकार खड्काले प्रश्न गरे, ‘उहाँलाई एकाएक अहिले चर्चाको खाँचो किन पर्यो ? चर्चाको विषय बनेर आफू अघि आउनुपर्ने कारण के पर्‍यो ? यही कुरामा छक्क परिरहेको छु । उहाँ त चर्चित संगीतकार नै हो ।’ सापकोटाले आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले नै यो कुरा उठाइरहेको खड्काले जिकिर गरे ।

संसारभर भएका ताल, सुर र रागबाटै संगीत सिर्जना हुने र त्यसलाई आफ्नो प्रकारले ढालेर गीत–संगीत तयार गरिने खड्काले बताए । एकले अर्कालाई आरोप लगाउने हो भने नेपाली संगीत क्षेत्र अघि नबढ्ने उनको भनाइ छ ।

 

‘कुनै गीतमा दुई नोट मिल्यो भन्दैमा अर्कालाई चोर भन्ने, त्यो खालको आरोप प्रत्यारोप गर्नै हो भने संगीत गर्छु भनेर कोही अगाडि नबढे हुन्छ,’ उनले भने, ‘यो कुराले घात त अब वसन्त भाइ स्वयंलाई गर्छ । उहाँका पनि केही कृतिहरु होलान् जहाँ दुई नोट, चार नोट मिलेका होलान् । त्यो निस्किए भने के हुन्छ ? उहाँले अरुलाई के भन्नुहुन्छ ?’

काम गर्दै जाँदा कहिलेकाहीं केही कुरा मिलिरहेको हुनसक्ने भन्दै उनले अरुको सिर्जना चोरेको वा नचोरेको कुरामा सचेत रहेको खड्काले बताए ।

उनले अगाडि भने, ‘सम्पूर्ण नोट, कर्ड, ताल मैले निर्माण गरेको होइन । नोटभित्रबाट म खेल्ने हो । र, नयाँ प्रकारको मेलोडी निर्माण गर्ने मेरो काम हो । त्यसमा पनि गायनमा कसरी गाइएको छ, त्यसलाई लिने तरिका कस्ता हुन्छन् ? मुर्गीहरु कहाँ कति घुमाइएको छ । उच्चारण कसरी गरिएको छ ? यी सबै कुरालाई ध्यान दिन जरुरी छ ?’

प्रतिलिपि अधिकारसम्बन्धी ऐनअनुसार छानबिन गरेर आफू दोषी देखिए दण्डित हुन तयार रहेको समेत खड्काले बताए ।

 

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • ३ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • ३ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • ३ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • ३ वर्ष अगाडि

ताजा खबरहरु

सबै
khall

घरेलु मैदानमा मेक्सिकोको शान, ४० वर्षपछि नकआउट...

  • २ महिना अगाडि
asar 15

लोक सञ्चारकर्मी नेपालको रोपाइँ दिवस : राजु...

  • २ महिना अगाडि
GOAL-Multiple-Images-2-Split-Facebook-2025-12-08T221814.543.jpg-1024x576

आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६...

  • २ महिना अगाडि
director-speaking-1024x768

काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव : ‘तियानतान अवार्ड...

  • ३ महिना अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved