Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

रेमिट्यान्स घट्नुको कारण के ?

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ५ वर्ष अगाडि

कोरोना महामारीका कारण गत वर्ष विश्वमा धेरैले रोजगारी गुमाए। लाखौं नेपाली कामदार स्वदेश फर्किए। त्यतिबेला, रोजगारीका लागि विदेश जानेको संख्यामा पनि कमी थियो। त्यति हुँदा पनि रेमिट्यान्स (विप्रेषण) मा भने कुनै कमी आएन। तर, चालू आर्थिक वर्षको सुरुवात (साउन) देखि भने रेमिट्यान्स घट्दै गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

विश्वबाट कोरोना महामारीको प्रभाव हट्दै गएको र वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएका बेला ‘अनौठो ढंग’ले रेमिट्यान्स घट्दै गएको अन्नपूर्ण पोस्टमा समाचार छ । राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ वैदेशिक रोजगारीमा गएका नेपालीहरूले क्रिप्टोकरेन्सी र नेटवर्किङ व्यवसायमा लगानी गरेका कारण रेमिट्यान्स घटेको हुन सक्ने अनुमान गर्छन्।

‘विगतका वर्षका तुलनामा यस वर्ष रेमिट्यान्स लगातार घटिरहनुमा क्रिप्टो करेन्सी र नेटवर्किङमा लगानीको कारण हुनसक्छ,’ श्रेष्ठले भने। गत आर्थिक वर्ष ०७७/०७८ मा ९ खर्ब ६१ करोड रेमिट्यान्स आएको थियो। नेपाल राष्ट्र बैंकको अनुसार चालू आर्थिक वर्षको ६ महिनामा जम्मा ४ खर्ब ६८ अर्ब ४५ करोड मात्रै रेमिट्यान्स भित्रिएको छ।

साउन यता मासिक २ अर्बभन्दा कम रेमिट्यान्स आएको राष्ट्र बैंकले जनाएको छ। औसतमा मासिक ७८ अर्ब रेमिट्यान्स आइरहेको बैंकको तथ्यांकले देखाउँछ। तर, गत वर्ष औसतमा मासिक ८० अर्ब रुपैयाँ रेमिट्यान्स आएको थियो।

 

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • ३ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • ३ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • ३ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • ३ वर्ष अगाडि

ताजा खबरहरु

सबै
khall

घरेलु मैदानमा मेक्सिकोको शान, ४० वर्षपछि नकआउट...

  • २ महिना अगाडि
asar 15

लोक सञ्चारकर्मी नेपालको रोपाइँ दिवस : राजु...

  • २ महिना अगाडि
GOAL-Multiple-Images-2-Split-Facebook-2025-12-08T221814.543.jpg-1024x576

आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६...

  • २ महिना अगाडि
director-speaking-1024x768

काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव : ‘तियानतान अवार्ड...

  • ३ महिना अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved