Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

एनएनआईपीए स्पोर्टस् अवार्ड फागुनमा

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ५ वर्ष अगाडि

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले आयोजना गर्ने एनएनआईपीए स्पोर्टस् अवार्ड १७ फागुनमा हुने भएको छ । आयोजकले बिहीबार पत्रकार सम्मेलन गर्दै अवार्ड ललितपुरस्थित वज्रवाराही मन्दिरमा हुने जनाएको हो ।

यस पटक ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलका खेल संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा देखाएको उच्च प्रदर्शनका आधारमा छनोट गरी सिफारिस गरिएको खेलाडीहरूलाई पुरस्कार प्रदान गर्ने संघले जनाएको छ ।

२७ खेलका उत्कृष्ट खेलाडीले रु १० हजार सहित ट्रफी प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट खेलाडी मध्येबाट एक पुरुष र एक महिला सर्वोत्कृष्ट खेलाडी चयन गरिने छ । जसले नगद १ लाख पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी एक पुरुष र एक महिला प्रतिभाशाली खेलाडी चयन गरिने र विजयीले ५० हजार प्राप्त गर्ने छन् । एक पुरुष र एक महिला उदीयमान खेलाडी चयन गरी ५० हजार नगदले सम्मान गरिने छ । एक पाका खेलाडी जसले खेलकुदमा जीवन व्यतीत गर्नुका साथै खेलकुदको विकासमा योगदान पुर्याएका छन् उनलाई गजराज आदर्श खेल व्यक्तित्व पुरस्कार बाट सम्मान गरिने छ ।

यस्तै एक खेल पत्रकारलाई एनएनआईपीए खेल पत्रकार पुरस्कारबाट सम्मान गरिने छ । जसमा नगद २५ हजार रहेको छ । यस्तै एक जना वर्ष उत्कृष्ट पारा खेलाडी हुनेछन् । जसले १० हजार पाउनेछन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • ३ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • ३ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • ३ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • ३ वर्ष अगाडि

ताजा खबरहरु

सबै
khall

घरेलु मैदानमा मेक्सिकोको शान, ४० वर्षपछि नकआउट...

  • २ महिना अगाडि
asar 15

लोक सञ्चारकर्मी नेपालको रोपाइँ दिवस : राजु...

  • २ महिना अगाडि
GOAL-Multiple-Images-2-Split-Facebook-2025-12-08T221814.543.jpg-1024x576

आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६...

  • २ महिना अगाडि
director-speaking-1024x768

काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव : ‘तियानतान अवार्ड...

  • ३ महिना अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved