Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

ओस्कारको मनोनयन सार्वजनिक, ‘द पावर अफ डग’ १२ विधामा

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ५ वर्ष अगाडि

२६ माघ, काठमाडौं । चलचित्र क्षेत्रको प्रतिष्ठित अवार्ड ‘ओस्कार अवार्ड-२०२२’मा मनोनयनमा परेका चलचित्रहरुको सूची सार्वजनिक भएको छ । ओस्कार अवार्डको ९४ औं संस्करणका लागि विभिन्न २७ विधामा मनोनयनमा परेका चलचित्रहरुको सूची मंगलबार सार्वजनिक गरिएको छ ।

जसमा जेन च्याम्पियन निर्देशित चलचित्र ‘द पावर अफ द डग’ सर्वाधिक १२ विधामा मनोनयनमा परेको छ । ओस्करमा यो वर्ष उत्कृष्ट चलचित्रहरुको सूचीमा विभिन्न देशका १० चलचित्र छनोट भएका छन् ।

 

उत्कृष्ट १० चलचित्रको मनोनयनमा बेलफास्ट, कोडा, डन्ट लुक अप, ड्राइभ माइ कार, ड्युन, किङ रिचार्ड, लिकोराइस पिज्जा, नाइटमेयर एलेइ, द पावर अफ द डग र वेस्ट साइड स्टोरी रहेका छन् ।

यस्तै अन्तर्राष्ट्रिय फिचर फिल्म विधातर्फ ड्राइभ माइ कार, फ्ली, द ह्याण्ड अफ गड, भुटानी लुनानाः अ याक इन द क्लासरुम र द वर्स्ट पर्सन इन द वर्ल्ड छन् । भुटानका तर्फबाट यो पहिलो मनोनयन समेत हो ।

 

यस वर्षको ओस्कारमा उत्कृष्ट अभिनेतातर्फ चलचित्र ‘विइङ द रिकार्डोस’बाट जेभियर बारडेम, ‘द पावर अफ डग’बाट बनेडिक्ट कम्बरबच, ‘टिक टिक बूम’बाट एन्ड्रिउ गारफिल्ड, ‘किङ रिचार्ड’बाट विल स्मिथ र ‘द ट्रेजेडी अफ म्याकबेथ’बाट डेन्जेल वासिङ्टन मनोनयनमा परेका छन् ।

यस्तै उत्कृष्ट अभिनेत्रीतर्फको मनोनयनमा ‘द आई अफ टम्मी फेई’बाट जेसिका क्यासटेन, ‘द लस्ट डटर’बाट ओलिभिया कोलम्यान, ‘पारालल मदर्स’बाट पेनेलोप क्रुज, ‘बिइङ द रिकार्डोस’बाट निकोल किडम्यान र ‘स्पेन्सर’बाट क्रिस्टेन स्टेवार्ट रहेका छन् ।

उत्कृष्ट निर्देशकका मनोनयनमा ‘बेलफस्ट’बाट केनेथ ब्रानाघ, ‘ड्राइभ माइ कार’बाट र्युसुक हमागुची, ‘लिकोरोइस पिज्जा’बाट पउल थोमस एन्डर्सन, ‘द पावर अफ डग’बाट जेन क्याम्पियन र ‘वेस्ट साइड स्टोरी’बाट स्टेभन स्पाइलबर्ग परेका छन् ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • ३ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • ३ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • ३ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • ३ वर्ष अगाडि

ताजा खबरहरु

सबै
samir-bhatta-12-gaun-2-looks

‘१२ गाउँ २’ मा समीर भट्टको एक्सन...

  • ६ दिन अगाडि
ar-madan

२४ दिनको छायांकनपछि ‘मन बिनाको धन–२’को काठमाडौं...

  • ६ दिन अगाडि
_104529561_koirala_o_nKG3PGy3O9

कांग्रेस संस्थापन इतर समूहले बोलायो आकस्मिक बैठक

  • ६ दिन अगाडि
balen-2

प्रधानमन्त्रीले दिए फिल्म ‘तिनीहरू’ लाई अस्कर र...

  • ६ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved