Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

पार्क र मन्दिरका नाममा वाग्मतीको किनारमै पक्की संरचना

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ५ वर्ष अगाडि

२६ माघ, काठमाडौं । काठमाडौंको वाग्मती नदी किनारमा अतिक्रमण भन्नासाथ धेरैले ‘सुकुम्वासी’ बस्तीहरु सम्झन्छन् । तर पछिल्लो पटक धार्मिक तथा सामाजिक संघ संस्थाको नाममा बहाव क्षेत्र मिच्ने काम भइरहेको छ, जसको संरक्षण राजनीतिक दलका नेता कार्यकर्ताले गर्ने गरेका छन् ।

वाग्मती सभ्यता एकीकृत विकास समितिका अनुसार नदीको दायाँ-बायाँ २०-२० मिटर क्षेत्रभित्र संरचनाहरु बनाउन नपाइने नियम छ । तर विभिन्न संघसंस्थाले गुरुयोजना विपरीत थुप्रै संरचना बनाएका छन्, जुन अवैध छ ।

 

समितिले १५ माघमा सूचना जारी गर्दै तीनकुनेदेखि थापाथलीसम्म वाग्मतीको किनारमा बनेका स्थायी तथा अस्थायी संरचना भत्काउन ६ दिन समय दिएको थियो । तोकिएको समयभित्र अनधिकृत संरचना नहटाएमा समितिले आफैं भत्काउने र लागेको खर्च संरचना निर्माण गर्ने व्यक्ति एवम् पक्षबाट सरकारी बाँकी सरह उठाइने पनि सूचनामा उल्लेख थियो ।

तर अहिलेसम्म अवैध संरचना हटेको छैन । बरु वाग्मती सभ्यता एकीकृत विकास समिति र सहरी विकास मन्त्रालयमाथि नै दबाव बढाएर सूचना स्थगित गराउन प्रयत्न भइरहेको स्रोतले जनाएको छ ।

 

सहरी विकास मन्त्रालयका एक अधिकारीका अनुसार कतिपय ठाउँमा विकास समितिकै पदाधिकारी तथा कर्मचारीको मिलेमतो त, कतिपय स्थानमा बलजफ्ती ढंगबाट आफ्ना निहीत उद्देश्य पूर्तिका लागि विभिन्न संघसंस्थाको आडमा भौतिक संरचनाहरु बनाउने काम भइरहेको छ ।

‘कतै धार्मिक संस्थाका नाममा त कतै सामुदायिक संघसस्थाका नाममा नदी किनारमा अनधिकृत संरचना बनाउने क्रम तीव्र भएको रहेछ,’ मन्त्रालयका एक अधिकारी भन्छन्, ‘यसको संरक्षण टोले गुण्डादेखि धार्मिक नेता र राजनीतिक दलका नेताहरुले गर्ने गरेको पाइएको छ ।’

अतिविशिष्ट व्यक्तिहरु -भीआईपी)हरुले नै पार्क, मन्दिर, शौचालय र सामुदायिक भवनका नाममा वाग्मतीको बहाव क्षेत्रमाथि अतिक्रमणलाई कानुनी मान्यता दिने प्रयास गरिरहेको मन्त्रालयका एक अधिकारी बताउँछन् । उनका अनुसार ठूला दलका शीर्ष नेताहरुले नै समिति र मन्त्रालयमाथि त्यस्ता संरचना भत्काउन नपर्ने गरी व्यवस्था मिलाइदिन दबाव बढाएका छन् । त्यही दबावका कारण वाग्मती नदी किनारमा अतिक्रमण गरेर बनेको संरचना हटाउन सकिएको छैन ।

समितिका सूचना अधिकारी कमल अर्याल भने सम्बन्धित संघसंस्थाले आफैंले हटाउने प्रतिबद्धता जनाएकाले केही समय कुरेको बताउँछन् । ‘हाम्रो संरचना बिगि्रन्छ, हामी आफैं हटाउँछौं भन्नुभएको छ, त्यसैले हामीले केही दिन कुरेका हौं । प्रतिबद्धता पूरा भएन भने हामी आफैं भत्काउँछौं,’ उनले भने ।

कहाँ-कहाँ छन् अवैध संरचना ?

 

वाग्मती करिडोरमा केही वर्षदेखि समितिले विभिन्न संस्थाहरुको सहयोग लिएर हरियाली प्रवर्द्धन कार्यक्रम अघि बढाएको थियो । हरियाली प्रवर्द्धन कार्यक्रममा धार्मिक, व्यावसायिक तथा सामाजिक गरी ३६ संस्था संलग्न थिए । तर हरियाली पार्क बनाउने अनुमति लिएर ठाउँहरुमा आफ्ना संस्था अनुकूलका सभाहल, ध्यान केन्द्रदेखि भौतिक संरचनाहरु खडा गरेको पाइएको छ ।

तीनकुनेदेखि थापाथली पुलसम्म मात्र १३ वटा स्थायी तथा अस्थायी संरचना हटाउनुपर्ने देखिएको छ । नदी किनारमा अन्य संरचना बनाएपछि धार्मिक नाम दिन विभिन्न स्थानमा साना मन्दिर पनि बनाइएका छन् ।

मीनभवन आलोकनगरमा दुईवटा मन्दिर छन् । सिद्धि विनायक र शोभा भगवती मन्दिर परिसरका दुईवटा अस्थायी संरचना हटाइएको छैन । शंखमूल क्षेत्रमा सत्य साई सेवा केन्द्र छ, जहाँ ध्यान केन्द्र, सानातिना तीन वटा नयाँ मन्दिर र छेउमा एउटा धर्म स्तम्भ राखिएको छ । ती सबै संरचनाहरु एकीकृत वाग्मती गुरुयोजना विपरीत रहेको समितिले जनाएको छ ।

पशुपतिदेखि टेकुसम्मको वाग्मती क्षेत्रमा गुरुयोजना र सभ्यतालाई असर पर्ने गरी झण्डै दुई दर्जन यस्ता संरचना बनिसकेका छन् । कुपण्डोल क्षेत्रमा ललितपुर महानगरपालिकाको १ नं. वडासहित झण्डै आधा दर्जन स्थायी तथा अस्थायी संरचना बनाइएको छ, जुन वाग्मती गुरुयोजना अन्तर्गत पर्दैनन् ।

अहिले काठमाडौंको सहयोगी नगरतिर वाग्मती किनारमा एउटा स्थायी मन्दिरको निर्माण कार्य चलिरहेको छ । हतार-हतार निर्माण सम्पन्न गर्नेगरी बनिरहेको यो मन्दिर नदीको बहाव क्षेत्रभित्रै पर्छ । समितिका सूचना अधिकारी कमल अर्याल सो मन्दिर पुरानो भएकाले पुनर्निर्माण मात्रै भइरहेकाले त्यसलाई भत्काउन नसकिने बताउँछन् । सो मन्दिर पनि एकीकृत समाजवादीका शीर्ष नेताहरुको दबावमा ‘ऐतिहासिक’ कायम गरेर नभत्काउन प्रयत्न भएको मन्त्रालय स्रोतको दावी छ ।

समितिले गोकर्णबाट गुह्येश्वरीसम्मको नदी किनारमा बनेका करिब चार दर्जन स्थायी एवम् अस्थायी संरचना भने हटाएको छ । नदी किनारमा बसेका सुकुम्वासीहरुको व्यवस्थापनको लागि छुट्टै समिति गठन गर्ने योजना बनिरहेको सूचना अधिकारी अर्याल बताउँछन् ।

तस्वीर : शंकर गिरी

 

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • ३ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • ३ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • ३ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • ३ वर्ष अगाडि

ताजा खबरहरु

सबै
khall

घरेलु मैदानमा मेक्सिकोको शान, ४० वर्षपछि नकआउट...

  • २ महिना अगाडि
asar 15

लोक सञ्चारकर्मी नेपालको रोपाइँ दिवस : राजु...

  • २ महिना अगाडि
GOAL-Multiple-Images-2-Split-Facebook-2025-12-08T221814.543.jpg-1024x576

आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६...

  • २ महिना अगाडि
director-speaking-1024x768

काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव : ‘तियानतान अवार्ड...

  • ३ महिना अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved