Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

विश्व क्यान्सर दिवस : बर्सेनि हुन्छ १ करोडको मृत्यु

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ५ वर्ष अगाडि

नवलपुर – आज नेपालसहित विश्वभर विश्व क्यान्सर दिवस मनाइँदैछ। ‘क्लोज द केयर ग्याप’ नारासहित आज विश्वभर क्यान्सर दिवस मनाइँदैछ। नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘बढ्दैछ चुनौती क्यान्सरको पहुँच बढाऔं स्याहारको’ नारासहित यो दिवस मनाउँदैछ।

क्यान्सर एक स्वास्थ्य समस्या मात्र नभइ विश्वभर हुने मृत्युको प्रमुख कारण पनि हो। विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२१ मा मात्र लगभग २ करोड मानिसमा क्यान्सर देखिएको छ भने क्यान्सरकै कारण १ करोडको मृत्यु भएको छ।

मन्त्रालयले क्यान्सर बारेका गलत बुझाइलाई हटाइ सचेतना र शिक्षा बढाउन आग्रह गरेको छ। साथै विश्वभर यस रोगको रोकथाम र उपचारमा पहुँच बढाउन सम्बन्धित निकायहरुमा प्रोत्साहन गर्न पनि अनुरोध गरेको छ।

क्यान्सर भनेको के हो ?

शरीरको कोष वा कोषिकाहरुको समूहको अस्वभाविक वृद्धि नै क्यान्सर रोग हो। जसलाई एक किसिमको गिर्खा वा ट्युमर भनिन्छ।

ट्युमरका किसिम

– घातक प्रवृत्ति : यो घातक प्रवृत्तिको ट्युमर हो। यसको उग्र अस्वभाविक वृद्धिका कारण यस ट्युमरलाई क्यान्सर भनिएको हो। यो ट्युमर शरीरको अन्य भागमा पनि फैलिएर जान्छ।

– नम्र प्रवृत्ति : नम्र प्रवृत्तिको यो ट्युमरले कुनै पनि हानी गर्दैन र शरीरका अन्य भागमा पनि फैलिँदैन।

क्यान्सरका कारक तत्वहरु

– अत्यधिक मद्यपान र धुम्रपान
– अस्वस्थ आहार
– वंशाणुगत कारण
– विकिरणको प्रभाव
– जीवाणुका कारण
– वातावरणीय प्रदुषण

क्यान्सरबाट बच्ने उपाय

अहिले विश्वमा बिभिन्न खालका क्यान्सर रोगहरु देखिएका छन्। जुनसुकै प्रकारका क्यान्सर रोग देखिए पनि यसबाट बच्न निम्न उपायहरु अवलम्बन गर्न सकिन्छ-

– मद्यपान तथा धुम्रपान नगर्ने
– शाकाहारी र सन्तुलित भोजन गर्ने
– चर्को नुनको प्रयोग नगर्ने
– धुँवामा सेकिएको मासु कम खाने
– चिल्लो पदार्थ, ढुसी परेको, बासी खानेकुराहरुको प्रयोग कम गर्ने
– नियमित व्यायाम गर्ने
– सरसफाइमा विशेष ध्यान दिने
– नियमित स्वास्थ्य परीक्षण गर्ने

क्यान्सर नियन्त्रणका उपाय

– सम्भावित लक्षणहरु देखापर्नासाथ चिकित्सकसँग सम्पर्क राख्ने
– वर्षेनी नियमित रुपमा शरीरको पूर्ण परीक्षण गर्ने
– रोग पुष्टि भएमा चिकित्सकको सल्लाह बमोजिमको उपचारमा संलग्न हुने
– उपचार विधि र यसको महत्वबारे जनचेतना फैलाउने र रोग नियन्त्रणमा सहयोग गर्ने

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • ३ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • ३ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • ३ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • ३ वर्ष अगाडि

ताजा खबरहरु

सबै
samir-bhatta-12-gaun-2-looks

‘१२ गाउँ २’ मा समीर भट्टको एक्सन...

  • १ हप्ता अगाडि
ar-madan

२४ दिनको छायांकनपछि ‘मन बिनाको धन–२’को काठमाडौं...

  • १ हप्ता अगाडि
_104529561_koirala_o_nKG3PGy3O9

कांग्रेस संस्थापन इतर समूहले बोलायो आकस्मिक बैठक

  • १ हप्ता अगाडि
balen-2

प्रधानमन्त्रीले दिए फिल्म ‘तिनीहरू’ लाई अस्कर र...

  • १ हप्ता अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved