Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

श्रीराज कलेक्सनको दोस्रो ब्राञ्च सुट्माला अब बागबजारमा

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ५ वर्ष अगाडि

काठमाडौं । नेपाली कलाकारहरू पोशाकमा विशेष ध्यान दिन्छन् । विभिन्न कार्यक्रम, सुटिङ, फोटो सुट भइरहने भएकाले पनि अझ विशेषगरी भिडियोमा देखिने कलाकारहरू ‘ड्रेस सेन्स’ राख्ने गर्छन् । कुनै कलाकारले आफ्नै डिजाइनरसमेत राखेका हुन्छन् भने कतिपयले पोशाक भाडामा पनि प्रयोग गरिरहेका हुन्छन् ।

यसैबीच कलाकारहरूको पोशाकप्रतिको चाहाना, आवश्यकतासँगै मोहलाई ध्यानमा राख्दै विगत लामो समयदेखि काठमाडौंको नरदेवीस्थित श्रीराज कलेक्सनले विभिन्न छुट दिँदै आएको छ । यसैबीच श्रीराज कलेक्सनले बागबजारमा सर्टिङ सुटिङका लागि दोस्रो ब्राञ्च ‘सुट्माला’ सुरु गरेको छ । यही माघ १७ गतेबाट सुट्मालाको शुभारम्भ भएको हो । कोरोना महामारीबीच सरकारले तोकेको मापदण्ड पूरा गरेर सीमित व्यक्तिको उपस्थितिमा कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रमको नाम खुशी मिलन राखिएको थियो ।

नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठलाई सुट्मालाका सञ्चालक राज कार्कीले पुष्पगुच्छा प्रदान गरेर, खुशी साटासाट् गर्दै कार्यक्रम शुभारम्भ गरिएको थियो । सञ्चालक कार्कीका अनुसार माघ महिनाभरी सुट् सिलाउनेलाई २५ प्रतिशत छुट् दिइने छ ।

यस्तै नेपाली कलाकारहरूका लागि २५ प्रतिशत छुटसँगै अन्य विशेष योजना पनि राखेको कार्कीले बताउनु भएको छ । उहाँका अनुसार सुट्मालामा आउने कलाकारलाई पोशाकको मात्रा हेरेर छुट दिइनेछ । शुभारम्भमा केही हास्य कलाकारको उपस्थिति थियो । लामो समय हास्य टेलिसिरियल मेरी बास्सैमा अभिनय गर्नुभएको सुरज चापागाईं ‘बान्द्रे’, त्यसैगरी सुवोध गौतम ‘एकदुमे’, सुरेश थापा ‘दर्शने’, राजु कमेडी, गायक दुर्गा विरही, यादव देवकोटा ‘सरापे’, कुमार कार्कीलगायत कलाकारसँगै उल्टो मोटरसाइकल यात्री चित्रकुमार कार्कीको पनि उपस्थिति थियो ।

कलाकार सुरजले एक युवा भएर पनि टेलरिङ व्यावसायमा लागेर प्रेरणाको स्रोत बनेको बताउनुभयो । यस्तै कलाकार सुवोधले सुट्मालाका लागि सञ्चालक कार्कीलाई शुभकामना दिनुभयो । बागबजार सुट् हबका लागि सुपरिचित स्थान हो । सुट्माला बागबजारको केएमसी कलेजको ठीक अगाडी अवस्थित छ । सुट्मालाले विभिन्न डिजाइनका आधुनिक सुट् र यससँग सम्बन्धित सबै प्रकारका आइटम उपलब्ध गराउने सञ्चालक कार्कीले बताउनुभएको छ । बागबजारको यस ब्राञ्चमार्फत नेपाली कपडा उत्पादनलाई विशेष प्राथमिकता दिइने उनले बताउनुभयो । जसअन्र्तगत अल्लोका उत्पादनलाई विशेष जोड दिईने उहाँ बताउनुहुन्छ । ‘अल्लोबाट बन्ने सुट्लगायत सामान उपलब्ध गराउने छौं’, कार्कीले भन्नुभएको छ, ‘यसबाहेक इटालियन, इण्डियन ब्राण्डका लुगाहरू सुटमालाले उपलब्ध गराउनेछ ।’

कार्यक्रममा नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघका केन्द्रीय सदस्य मिलन नेपाली, बागमती प्रदेश सदस्य महेश कायस्थ, विनोद छिनाल, काठमाडौं जिल्ला संघका अध्यक्ष चन्द्र रणपहेली, सचिव सागर कार्की, कोषाध्यक्ष लालु बैंजु, सहसचिव वासुदेव पौडेल, सदस्य मृदुला शर्मा, बिनु मित्राकोटी, दीपक परियारको उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • ३ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • ३ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • ३ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • ३ वर्ष अगाडि

ताजा खबरहरु

सबै
samir-bhatta-12-gaun-2-looks

‘१२ गाउँ २’ मा समीर भट्टको एक्सन...

  • ७ दिन अगाडि
ar-madan

२४ दिनको छायांकनपछि ‘मन बिनाको धन–२’को काठमाडौं...

  • ७ दिन अगाडि
_104529561_koirala_o_nKG3PGy3O9

कांग्रेस संस्थापन इतर समूहले बोलायो आकस्मिक बैठक

  • ७ दिन अगाडि
balen-2

प्रधानमन्त्रीले दिए फिल्म ‘तिनीहरू’ लाई अस्कर र...

  • ७ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved