Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

युट्युब ट्रेण्डिङमा रहेका यी गीत

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ५ वर्ष अगाडि

१८ माघ, काठमाडौं । नेपाली सांगीतिक बजारमा हरेक दिनजसो नयाँ-नयाँ गीतका म्युजिक भिडियो सार्वजनिक भएपनि केही सीमित गीतलाई मात्र स्रोता–दर्शकले रुचाउँछन् । अझ पछिल्लो समय त म्युजिक भिडियोले पहिलेजस्तो अपेक्षित भ्युज पाउन छाडेका छन् । केही म्युजिक भिडियोहरु भने यतिबेला युट्युब ट्रेण्डिङमा छन् ।

मोडल तथा गायक दुर्गेश थापाको विवादित गीत ‘पैसा’ युट्युब ट्रेण्डिङको शीर्ष ७ औं स्थानमा छ । दुर्गेशले आफ्नै शब्द, संगीत, स्वर र अभिनयमा गत शुक्रबार यो गीत सार्वजनिक गरेका थिए । आपत्तिजनक शब्द र प्रस्तुतिका कारण आलोचना भइरहेको गीतलाई युट्युबमा ४ लाख ८५ हजार बढीले हेरिसकेका छन् ।

 

सुनिल गिरीको ‘को होला त्यो २’ फिमेल भर्सन ‘तिमी आउँछौं कि भनी’ युट्युब ट्रेण्डिङमा छ । १० दिनअघि सार्वजनिक गीतले राम्रो भ्युज पाउँदै म्युजिकतर्फ ट्रेण्डिङको चौथो स्थान ओगटेको छ ।

सुनिलको शब्द तथा संगीत, सुमन गुरुङको स्वर, पल शाह र क्रिष्टिना थापाको अभिनय रहेको भिडियोले १४ लाख ७५ हजार बढी भ्युज पाइसकेको छ ।

राजेशपायल राईको गीत ‘सै हँमा सै हँपा’ म्युजिकतर्फ ट्रेण्डिङको पाँचौं स्थानमा छ । एक साताअघि सार्वजनिक गीतको भिडियोले युट्युबमा ८ लाख ९० हजार बढी भ्युज पाएको छ ।

टीका चाम्लिङको शब्द, राजेशपायलको संगीत रहेको गीतमा उनीसँगै र पेमा देचेन तामाङको स्वर रहेको छ । भिडियोमा गायक राई र गायिका पेमाको अभिनय पनि छ ।

तीन साताअघि सार्वजनिक ‘चाहिँदैन तिम्रो माया’ म्युजिकतर्फ ट्रेण्डिङको १० औं स्थानमा छ । कार्कीजीको शब्द तथा संगीत, विशाल निरौलाको एरेन्ज रहेको गीतमा प्रमोद खरेलको स्वर छ । केकी अधिकारी, समीप निरौला, शिशिर सिवाकोटीको अभिनय रहेको भिडियोले ९ लाख ५५ हजार बढी भ्युज पाएको छ ।

संगीतकार एवं गायक वसन्त थापाले चार दिनअघि सार्वजनिक गरेको ‘बालुमै’ शीर्षकको मौलिक रत्यौली पञ्चेबाजा गीत पनि युट्युब ट्रेण्डिङमा आएको छ । भिडियोले १ लाख ६८ हजार बढी भ्युज पाउँदै म्युजिकतर्फ ट्रेण्डिङ १३ औं स्थान ओगटेको हो । प्रल्हाद सुवेदीको शब्द, वसन्त थापाको संगीत रहेको गीतमा रामप्रसाद पौडेल र सुनिता बुढाक्षेत्रीको स्वर छ । भिडियोमा संगीतकार थापासँगै मोडल सारिका केसीको अभिनय छ ।

‘ओए काजल’ गीतबाट चर्चामा आएका चक्र बमको ‘गोरी मोटी’ बोलको भोजपुरी भाषा समेटिएको गीत पनि युट्युब ट्रेण्डिङमा छ । चक्रकै शब्द, संगीत, स्वर तथा अभिनयमा चार दिनअघि सार्वजनिक भिडियोले १ लाख ८८ हजार भ्युज पाउँदै म्युजिकतर्फ ट्रेण्डिङ १४ औं स्थानमा आएको हो । गायनमा चक्रलाई पुनिता प्रियाले साथ दिएकी छन् भने अभिनयमा मुस्कान चौधरीले साथ दिएकी छन् ।

एक महिनाअघि प्रमोद खरेलको स्वरमा सार्वजनिक गीत ‘धोकामाथि धोका’ पनि यतिबेला युट्युब ट्रेण्डिङमै छ । भुपेन्द्र बुढाथोकीको शब्द, सुनिल बीसीको संगीत रहेको गीतले १६ लाख ५६ हजार बढी भ्युज पाउँदै म्युजिकतर्फ ट्रेण्डिङको २० औं स्थानमा रहेको हो ।

यस्तै तीन साताअघि सार्वजनिक ‘चरी बनैमा’बोलको गीत पनि युट्युब ट्रेण्डिङमा छ । सूर्य खड्काको शब्द एवं संगीतमा उनी र सीता श्रेष्ठको स्वर रहेको गीतको भिडियोले ४ लाख ९ हजार बढी भ्युज पाउँदै यतिबेला युट्युबमा म्युजिकतर्फ ट्रेण्डिङ २३ मा रहेको छ ।

झण्डै तीन साताअघि नै सार्वजनिक शिव परियारको स्वर रहेको गीत ‘डबल रोल’ पनि युट्युब ट्रेण्डिङमा छ । सुनिल बीसीको शब्द तथा संगीत रहेको गीतले ३ लाख ८१ हजार बढी भ्युज पाएको छ । गीत म्युजिकतर्फ ट्रेण्डिङको २७ औं स्थानमा छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • ३ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • ३ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • ३ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • ३ वर्ष अगाडि

ताजा खबरहरु

सबै
samir-bhatta-12-gaun-2-looks

‘१२ गाउँ २’ मा समीर भट्टको एक्सन...

  • ७ दिन अगाडि
ar-madan

२४ दिनको छायांकनपछि ‘मन बिनाको धन–२’को काठमाडौं...

  • ७ दिन अगाडि
_104529561_koirala_o_nKG3PGy3O9

कांग्रेस संस्थापन इतर समूहले बोलायो आकस्मिक बैठक

  • १ हप्ता अगाडि
balen-2

प्रधानमन्त्रीले दिए फिल्म ‘तिनीहरू’ लाई अस्कर र...

  • १ हप्ता अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved