Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

राजेश हमालले गाए अर्को गीत

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ५ वर्ष अगाडि

१६ माघ, काठमाडौं । अभिनेता राजेश हमालले अर्को एक गीत गाएका छन् । आफ्नो चलचित्र करिअरको तीन दशकपछि हमालले तीन महिनाअघि पहिलोपटक गीत रेकर्ड गराएका थिए । पहिलोपटक ‘मन बुढो भएन’ बोलको गीत गाएका हमालले शुक्रबार मात्रै ‘गाउँले ठिटो’ बोलको नयाँ गीत रेकर्ड गराएका हुन् ।

हमालले गाएको नयाँ गीतमा गोविन्द भट्टको शब्द र सन्तोष श्रेष्ठको संगीत छ । गीतलाई गोपाल रसाइलीले एरेञ्ज गरेका छन् ।

 

संगीतकार श्रेष्ठले गीत रमाइलोसँगै सन्देशमूलक रहेको बताए । ‘विदेशमा गएकाहरुलाई नेपालमै राम्रो छ, गाउँमै राम्रो छ । विदेश गएका फर्किउन्, यहाँका विदेश नजाउन् र गएर आएकाहरु फेरि नफर्किउन् भन्ने खालको सन्देश गीतले बोकेको छ,’ संगीतकार श्रेष्ठले गीतबारे भने ।

ग्रामीण परिवेश आउने खालको गीत र भिडियो गर्ने राजेशको सोच अनुसार सहकार्य भएको श्रेष्ठले बताए । हमालले एकल स्वर र अभिनयमा ग्रामीण परिवेश आउने गरी सन्देशमूलक गीत गाउने चाहना राखेका थिए । संगीतकार श्रेष्ठका अनुसार अनुसार चार-पाँच पटकको बसाइपछि यो गीत रेकर्डिङ गरिएको हो ।

‘उहाँबाट व्यावसायिक गायक/गायिकाहरुको जस्तो आशा गर्न मिल्दैन,’ श्रेष्ठले भने, ‘संगीतकारको हिसाबले सुन्दा तालमा टाइमिङ पर्फेट गाउनुहुन्छ । किनभने टाइमिङमा नगाएको भए गाह्रो हुन्थ्यो । बरु अहिले सुर त लगाउन मिल्छ तर तालमा परेन भने गाह्रो हुन्छ । उहाँ डान्स गरिरहेको हुनाले पनि टाइमिङमा हुँदोरहेछ ।’

अहिले मिक्सिङ भइरहेको गीतको केही दिनमा भिडियो छायांकन हुँदैछ । देवेन्द्र पाण्डेको निर्देशनमा ग्रामीण परिवेशमा तयार हुने भिडियोमा राजेश नै मुख्य भूमिकामा देखिनेछन् । संगीतकार श्रेष्ठले अभिनेता हमालसँग सहकार्य गर्न पाउँदा एकदमै खुशी लागेको बताए ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • ३ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • ३ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • ३ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • ३ वर्ष अगाडि

ताजा खबरहरु

सबै
khall

घरेलु मैदानमा मेक्सिकोको शान, ४० वर्षपछि नकआउट...

  • २ महिना अगाडि
asar 15

लोक सञ्चारकर्मी नेपालको रोपाइँ दिवस : राजु...

  • २ महिना अगाडि
GOAL-Multiple-Images-2-Split-Facebook-2025-12-08T221814.543.jpg-1024x576

आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६...

  • २ महिना अगाडि
director-speaking-1024x768

काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव : ‘तियानतान अवार्ड...

  • ३ महिना अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved