Skip to content
Follow us:
Facebook
Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
Search
Close
Search
Close

भाइमसला एक छाकमा कतिसम्म खाँदा उचित ?

  • अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ वर्ष अगाडि

१८ कात्तिक, काठमाडौं । दिदीबहिनी र दाजुभाइबीचको सद्भाव तथा मिष्ठान्न उपहार दिने पर्व हो, तिहार । देउसी-भैलोको धुनसँगै रंगीन बन्ने यो पर्वमा दिइने हरेक उपहारको महत्व छुट्टाछुट्टै छ । यहीमध्येको विशेष उपहार हो, भाइमसला ।

दिदीबहिनीले दाजुभाइको पीर-बाधालाई दैलोमा ओखरसँगै फुटाएपछि यस्ता विभिन्न पौष्टिक तत्वले युक्त भाइमसला दाजुभाइलाई दिने चलन छ । दैनिक जीवनमा खासै उपभोग नहुने भाइमसला पोषणको हिसाबले कति महत्वपूर्ण छ त ?

 

पोषणविद्हरु तिहारमा उपहार दिइने यस्ता भाइमसला उच्च पौष्टिकताले युक्त हुने बताउँछन् । तर यसको मात्रा मिलाएर खान नसके यसले नकारात्मक असर पनि गर्न सक्ने उनीहरुको भनाइ छ ।

वर्षभरि सामान्य खानेकुरा खाँदै आएको शरीरमा एक्कासी भाइमसलाको उच्च पौष्टिक आहारले कतै असर त गर्दैन ? तिहारमा भाइमसला कति खाने ? भन्ने बारेमा पोषणविद् अतुल उपाध्याय भन्छन्-

तिहारमा खाने भाइमसलामा प्रशस्त भिटामिन, मिनरल लगायत उच्च पौष्टिक तत्वहरु पाइन्छन् । तर एउटै भाइमसला धेरै मात्रामा खानु स्वास्थ्यको लागि नोक्सानीदायक हुन्छ । जस्तो, काजुमा फ्याटको मात्रा बढी हुन्छ । एकदिनमा काजु मात्रै धेरै खाँदा शरीरमा अनावश्यक फ्याटको मात्रा बढी हुन्छ । यसले शरीरलाई नकारात्मक असर गर्छ । त्यसैले एउटा स्वस्थ शरीरलाई एक दिनमा १० देखि १५ ग्राम काजु उचित हुन्छ । योभन्दा धेरै खानु स्वास्थ्यको लागि हानिकारक हुन सक्छ ।

त्यस्तै, अर्को भाइ मसला हो किसमिस । यसमा फ्याटको मात्रा त हुँदैन तर चिनीको मात्रा प्रशस्त हुन्छ । किसिमिसमा झण्डै ६० प्रतिशत चिनीको मात्रा हुन्छ । एउटा स्वस्थ व्यक्तिले एकदिनमा २० ग्रामसम्म किसमिस खानु स्वास्थ्यको लागि उचित हुन्छ ।

बदाममा पर्याप्त मात्रामा आइरन पाइन्छ । २८ ग्राम बदाममा ८ देखि १८ मिलिग्रामसम्म आइरन पाइन्छ । त्यसैले यो आइरनको पनि मुख्य स्रोत हो । एउटा स्वस्थ शरीरका लागि एक दिनमा २५ ग्राम बदाम खानु उचित हुन्छ । गर्भवती लगायतको लागि आइरन बढी आवश्यक हुन्छ । तर आइरनको मात्रा बढी हुन्छ भनेर धेरै बदाम मात्रै खाएर हुँदैन । त्यसैले तोकिएको मात्राभन्दा धेरै बदाम स्वास्थ्यको लागि हानिकारक हुन्छ ।

त्यस्तै, एक दिनमा ओखर पनि २० ग्राम नबढ्ने गरी खानुपर्छ एउटा स्वस्थ वयस्क व्यक्तिले दैनिक १०० ग्राम नबढ्ने गरी भाइमसला खानु उचित हुन्छ । यो मात्रा बालबालिका र ज्येष्ठ नागरिकको लागि फरक-फरक हुनसक्छ । कुन उमेर समूहका मान्छेले कति मात्रामा भाइमसला खाने ? भन्ने बारेमा पोषणविद्हरुसँग सल्लाह गरेर यसको मात्रा थाहा पाउन सकिन्छ ।

के-के पाइन्छ पौष्टिक तत्व ?

बदाम

बदाममा विभिन्न पौष्टिक तत्व पाइन्छ । अमेरिकाको स्वास्थ्यसम्बन्धी अनुसन्धानमूलक अनलाइन हेल्थलाइन डटकममा प्रकाशित रिपोर्ट अनुसार २८ ग्राम बदाममा फाइबर ३.५ ग्राम, प्रोटिन ६ ग्राम, चिल्लो पदार्थ १४ ग्राम प्राप्त हुन्छ । यसबाहेक पनि यसमा भिटामिन ई, म्याग्नेसियमजस्ता पोषक तत्व पाइन्छ । त्यति बदाममा १६१ क्यालोरी शक्ति प्राप्त हुन्छ भने २.५ ग्राम पाचन योग्य कार्बोहाइड्रेड पनि पाइन्छ ।

छोकडा

छोकडा म्याग्नेसियम, क्याल्सियम, फलाम र पोटासियमको मुख्य स्रोत हो । एउटा औसत आकारको छोकडाबाट २० क्यालोरी शक्ति प्राप्त हुन्छ । यसबाहेक ०.०३ ग्राम चिल्लो पदार्थ, ५.३३ ग्राम कार्बोहाइड्रेड, फाइबर ०.६ ग्राम, चिनीको मात्रा ४.५ ग्राम, प्रोटिन ०.१७ ग्राम, भिटामिन बी ०.०१२ मिलिग्राम, आइरन ०.०७ मिलिग्राम, म्याग्नेसियम, ३ एमजी मिलिग्राम पाइन्छ ।

पिस्ता

२८ ग्राम पिस्तामा १५९ क्यालोरी शक्ति पाइन्छ । ५.७२ ग्राम प्रोटिन, ७ ग्राम कार्बोहाइड्रेड, १२.८५ ग्राम फ्याट र ३ ग्राम फाइबर पाइन्छ । यसबाहेक पनि यसमा फस्फोरस, कपर, भिटामिन बी, मिनेरल्सजस्ता पोषक तत्व पाइन्छ ।

सुकेको नरिवल

एक सय ग्रामको सुकेको नरिवलमा प्रोटिन ७.५ ग्राम, कार्बोहाइड्रेड २५ ग्राम, फाइबर १८ ग्राम र फ्याट ६५ ग्राम पाइन्छ ।

किसमिस

भिजाएको आधा गिलास किसिमिसमा १०८ क्यालोरी शक्ति पाइन्छ । यसबाहेक प्रोटिन एक ग्राम, फ्याट शून्य ग्राम, कार्बोहाइड्रेड २९ ग्राम, फाइबर एक ग्राम, चिनीको मात्रा २१ ग्राम पाइन्छ । यसबाहेक किसमिस फलाम, पोटासियम, कपर, भिटामिन बीको पनि राम्रो स्रोत हो ।

काजु

२८ ग्राम काजुमा कार्बोहाइड्रेड १३०, चिल्लो पदार्थ दैनिक क्यालोरीको २० देखि ३५ प्रतिशतसम्म पाइन्छ । फाइबर, २५.२-३०.८ मिलिग्राम, प्रोटिन ४६ देखि ५६ मिलिग्रामसम्म, १० मिलिग्राम क्याल्सियम, १.८९ मिलिग्राम आइरन, ८३ मिलिग्राम म्याग्नेसियम, १८७ मिलिग्राम पोटासियम पाइन्छ । यसबाहेक यसमा सोडियम, जिंकजस्ता पदार्थ पनि काजुमा पाइन्छ ।

मिस्री

१०० ग्राम मिस्रीमा २१८ क्यालोरी शक्ति पाइन्छ । फ्याट ११ ग्राम, ट्रान्स फ्याट शून्य ग्राम, सोडियम २३ मिलिग्राम र कोलेस्ट्रोल ४.६ मिलिग्राम पाइन्छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै

blackjack slot

  • १६ घण्टा अगाडि

Chicken road

  • १६ घण्टा अगाडि

momang casino

  • १६ घण्टा अगाडि

sun of egypt 2

  • १६ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved