Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

बाली प्रजनन तथा बीउ विज्ञान सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन सुरु

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ हप्ता अगाडि

आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन मंगलबारबाट औपचारिक रूपमा सुरु भएको छ।

सम्मेलनको उद्घाटन गर्दै माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री डा। मदन परियारले नेपाल तराईदेखि उच्च हिमाली क्षेत्रसम्म फैलिएका विविध कृषि–पर्यावरणीय क्षेत्र र समृद्ध कृषि जैविक विविधताले सम्पन्न देश भएको बताउनुभयो।
उहाँले भन्नुभयो “हाम्रा मौलिक बाली, स्थानीय जात ९ल्यान्ड्रेस०, पशुधन, कृषि कीरा, कृषि सूक्ष्मजीव तथा जलीय आनुवंशिक स्रोतहरू खाद्य, पोषण तथा स्वास्थ्य सुरक्षा, जलवायु अनुकूलन तथा भविष्यका प्रजनन कार्यक्रमका लागि अत्यन्तै महत्वपूर्ण छन्।” यसर्थ जैविक विविधताको संरक्षण र उपयोगलाई सुदृढ र वैज्ञानिक बनाउनु राष्ट्रिय प्राथमिकता हुनुपर्नेमा उहाँको जोड थियो ।

बिहीबारसम्म सञ्चालन हुने सम्मेलनमा कृषिमा आनुवंशिकीको भूमिका, दिगो कृषिका लागि जैविक विविधताको संरक्षण, खाद्य तथा पोषण सुरक्षाका लागि बाली प्रजनन, स्मार्ट कृषिका लागि जैविक प्रविधि, कृषि अनुसन्धानमा डाटा साइन्स र बायोस्टाटिस्टिक्स, बीउ विज्ञानमा नवप्रवर्तन तथा कृषि नीति र बौद्धिक सम्पत्ति अधिकारजस्ता विषयमा गहन छलफल हुनेछ ।

ललितपुरको खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको परिसरमा आयोजना गरिएको सम्मेलन बाली प्रजनन तथा आनुवंशिकी समाज नेपाल ९पिबाग्सन० र नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतको राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानको संयुक्त आयोजनामा सञ्चालन भएको हो।

सम्मेलनमा कृषि अनुसन्धानकर्ता तथा वैज्ञानिक, नीति निर्माता, विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, उद्यमी तथा निजी क्षेत्रका प्रतिनिधिहरूसहित २३० जनाभन्दा बढीको सहभागिता रहेको छ। सम्मेलन अवधिभर ८ वटा विषयगत विशेष कार्यपत्र, ४२ वटा अनुसन्धान लेख, २१ वटा पोस्टर प्रस्तुति प्रस्तुत हुनेछनन भने १० वटा कृषि सम्बन्धी प्रदर्शनी स्टलसमेत रहेका छन्।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
sunil-thapa

रहेनन् वरिष्ठ अभिनेता सुनिल थापा, ६८ वर्षको...

  • १६ घण्टा अगाडि
nirbachan (3)

प्रतिनिधिसभा निर्वाचनमा आयोगले ९ प्रकारका सामग्री पठाउने

  • १६ घण्टा अगाडि
nepali-cricket-mumbai

बलियो इंग्ल्यान्डविरुद्ध पहिलो खेल खेल्दै नेपाल

  • १६ घण्टा अगाडि
sena-1 (1)

नवलपुरमा ११ वटा निर्वाचन स्थललाई अति संवेदनशील

  • १६ घण्टा अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved