Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

गुरु ट्राभल्स लिमिटेडको चौथो वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • १ महिना अगाडि

नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरु ट्राभल्स लिमिटेडको चौथो वार्षिक साधारण सभा मिति २०८२ पौष २५ गते काठमाडौंको जमल स्थित Yellow Pagoda होटलमा भव्य रूपमा सम्पन्न भयो । कार्यक्रम संस्थाका अध्यक्ष श्री विज्ञान राज शर्माको अध्यक्षतामा, संस्थापक शेयरधनीहरू, पर्यटन क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू, र विशिष्ट अतिथिहरूको उपस्थितिमा सम्पन्न भएको थियो । सभाको उद्घाटन अध्यक्ष श्री विज्ञान राज शर्मा, वरिष्ठ सल्लाहकार तथा शेयरधनी, श्री लक्ष्मि गुरुङ्गज्युले संयुक्त रूपमा पानसमा बत्ति बालेर गर्नुभएको थियो । साँझ ५ः०० मा औपचारिक रूपमा सुरु भएको कार्यक्रम प्रमुख सञ्चालन अधिकृत श्री अनिल धरेलले सञ्चालन गर्नुभएको थियो ।

अध्यक्षको स्वागत मन्तव्यपछि संस्थाका सञ्चालकर प्रमुख कार्यकारी अधिकृत नबराज धरेल ज्युले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतिवेदनमा कम्पनीले स्थापनाकालदेखि सन्तोषजनक प्रगति गर्दै आएको र भविष्यमा अझ गुणस्तरीय सेवा प्रवाहमा जोड दिने प्रतिबद्धता व्यक्त गरियो । प्रमुख सञ्चालन अधिकृत अनिल धरेल ज्युले त्यसपछि कार्यालयमा सम्पन्न विविध गतिविधिहरूको विस्तृत प्रस्तुति दिनुभयो ।
विश्वप्रसिद्ध कम्पनी TripAdvisor बाट प्रदान गरिएको अवार्ड प्राप्त गर्दै विश्वव्यापी रूपमा शीर्ष १०% भित्र पर्न सफल भएको छ । साथै कम्पनीले हालसम्म १.५ Crore + Social Media Reach, २,०००+ Corporate Served, १३,०००+ People Travelled, १०० +Promoters, ३३०,०००+ Membership, ५०,०००+ Inquiries Received, ३०+ Team Strength, र हालसम्म १०००+ Days Served का माइलस्टोन हासिल गरेको छ । सभामा आर्थिक वर्ष २०८१÷८२ को लेखा परीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०८२÷८३ का लागि लेखा परीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू प्रस्तुत गरिए, जुन शेयरधनीहरूको सर्वसम्मतिले पारित गरियो ।
कार्यक्रमको विशेष आकर्षणका रूपमा “Invest on Travelling Award” प्रदान गरियो, जसअन्तर्गत संस्थाको व्यापार ब्यबसाय प्रवद्र्धनमा उत्कृष्ट योगदान पु¥याउने शेयरधनी र ग्राहकहरूलाई सम्मानित गरिएको थियो । उक्त पुरस्कार शेयर धनीहरूको तर्फबाट बसन्त प्रसाद भुसाल, राम मोहन महर्जन, गोविन्द प्रसाद शर्मा, सुदीप खड्का, राम कृष्ण श्रेष्ठ, र ग्राहकहरूको तर्फबाट मेख गुरुङ, महेश्वर श्रेष्ठ, मुना भेटरिनरी हस्पिटल प्रा. लि., एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस नेपाल प्रा. लि., र ग्रीन लायन एजुकेशनल ट्राभल कम्पनी प्रा. लि. ज्युहरूलाई प्रदान गरियो ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • १८ घण्टा अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • १८ घण्टा अगाडि
buddha-air

निर्वाचनको दिन आन्तरिक र वाह्य दुर्व हवाई...

  • १९ घण्टा अगाडि
sunil-thapa

रहेनन् वरिष्ठ अभिनेता सुनिल थापा, ६८ वर्षको...

  • ३ हप्ता अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved