बालेनको आवाजमा फिल्म ‘झरीपछिको इन्द्रेणी’ को शीर्षगीत ‘आम नेपाली बुवा’ युट्युबमा सार्वजनिक गरिएको छ ।


आइतबार बेलुका बालेनको आफ्नै युट्युब च्यानलमा गीत रिलिज भएको हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कविता ‘कुन मन्दिरमा जान्छौ यात्री’ लाई र्याप शैलीमा गीत कम्पोज गरिएको छ ।



र्याप गायन र लिरिक्स बालेनकै छ । दीक्षा उप्रेतीको कोरस गायन छ । बालेनले यो गीत हालै दिवंगत भएका आफ्ना बुवा डा. रामनारायण शाहप्रति समर्पित गरेका छन् ।

यो गीतको मौलिक संगीतकार चाहिँ रञ्जित गजमेर हुन् भने ओर्जिनल गायक रविन शर्मा हुन् । भिडियोमा फिल्मका दृश्यलाई समेटिएको छ ।
अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित फिल्म ४ पुसदेखि प्रदर्शन तयारीमा छ । बालेनको युट्युब च्यानलमा यसअघि सार्वजनिक भएको यही फिल्मको गीत ‘फसायो लमीले’ लाई त्यहाँबाट हटाएर अहिले ओएसआरको च्यानलमा रिलिज गरिएको छ ।









