Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

नारायणी पुलको डिजाईन स्वीकृत, मंसिर देखि निर्माण सुरु गरिने

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • १ महिना अगाडि

कावासोती । चितवन र नवलपुर जोड्ने नारायणी नदीमा निर्माण गरिने नयाँ पुलको डिजाइन स्वीकृत भएको छ । सडक विभाग अन्तर्गतको पुल महाशाखाले ‘केबल–स्टेड’ डिजाइनमा निर्माण हुने उक्त पुलको डिजाइनलाई स्वीकृति दिएको छ । २०० वर्षसम्म टिक्ने र ठुलो बाढी तथा पानीजहाज सञ्चालनलाई समेत ध्यानमा राखेर डिजाइन गरिएको यो पुलको निर्माण मंसिरदेखि सुरु हुनेछ ।

iPhone 16 Series EMI Plans
महाशाखाका इन्जिनियर अमितकुमार बर्माका अनुसार असोज अन्त्यतिर पुलको डिजाइन स्वीकृत भएको थियो । डिजाइन स्वीकृत भएसँगै निर्माण कार्य अघि बढाउने तयारी भइरहेको छ । ‘ड्रइङ एप्रुभ भइसकेको छ, अब निर्माण व्यवसायीले आफ्नो निर्माण तयार गरिरहेका छन्,’ बर्माले भने, ‘छिट्टै नै निर्माण कार्य सुरु हुनेछ ।’

२०८० जेठ १९ गते तुँदी कन्स्ट्रक्सन प्रालिसँग १ अर्ब ६८ करोड ७६ लाख २३ हजार ३५४ रुपैयाँ (मूल्य अभिवृद्धि करसहित) मा पुल निर्माणका लागि सम्झौता भएको थियो । सम्झौताअनुसार पहिलो वर्ष डिजाइन गर्ने र बाँकी तीन वर्षमा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । तर डिजाइनमै करिब दुई साढे दुई वर्ष लागेको छ । हाल डिजाइन स्वीकृत भइसकेको र मंसिरदेखि निर्माण प्रक्रिया सुरु हुने भएको छ । हाल नारायणी नदीमा २०३७ सालमा बनेको पुल जीर्ण अवस्थामा छ ।

इन्जिनियर बर्माका अनुसार नयाँ पुल ४२० मिटर लामो हुनेछ । यसमा चारवटा पिलर रहनेछन्, जसमध्ये दुई छेउका पिलरहरू १००–१०० मिटरको दूरीमा र बीचको स्पान २२० मिटरको हुनेछ । यो पुललाई हाल दुई लेनमा र भविष्यमा तीन लेनमा निर्माण गर्ने गरी ध्यानमा राखेर डिजाइन गरिएको छ । साथै एक लेन फुटपाथ रहनेछ ।

‘यो दुई लेनको पुल हो, जसमा एक लेन फुटपाथका लागि पनि छुट्याइएको छ,’ बर्माले भने, ‘तर भविष्यमा ट्राफिक चाप बढ्यो वा हालको पुरानो पुलमा समस्या आएमा यसलाई तीन लेनका रूपमा सजिलै प्रयोग गर्न सकिन्छ ।’

यस्तै भविष्यमा तलबाट पानीजहाज चलाउनुपर्ने भयो भने त्यो पनि सम्भव हुने गरी यो पुलको डिजाइन गरिएको बर्माको भनाइ छ ।

‘जति ठुलो बाढी आएपनि त्यो बाढीले क्षति नगर्ने किसिमको पुल निर्माण हुनेछ । यो दुई वर्षदेखि नेपालमा अत्यधिक पानी पर्ने र ठुलो बाढी आएर पुलमा क्षति पुग्ने समस्या भइरहेको छ,’ बर्माले भने, ‘अब यो पुल बाढीले क्षति गर्न नसक्ने किसिमको डिजाइन गरिएको छ ।’

यसअघि नै शिलान्यास भएपनि डिजाइन स्वीकृतिको प्रक्रिया लम्बिएको थियो । यो नेपालमा कर्णाली पुलपछि बन्न लागेको दोस्रो ‘केबल–स्टेड’ प्रविधिको पुल हो । यसको डिजाइन विशेष र जटिल भएकाले समय लागेको बर्माले बताए ।

‘यो एउटा विशेष खालको पुल हो । पछिल्ला वर्षहरुमा नारायणी नदीमा आएको ठुलो बाढीलाई समेत ध्यानमा राखेर करिब २०० वर्षसम्म टिक्ने गरी डिजाइनलाई पुनः जाँच गर्नुपर्‍यो, जसले गर्दा केही ढिलाइ भयो,’ उनले भने । साथै, भविष्यमा जल यातायात सञ्चालनको सम्भावनालाई समेत ध्यानमा राखेर डिजाइन तयार पारिएको छ ।

चार वर्षभित्र पुल निर्माण सम्पन्न गर्नुपर्नेमा डिजाइनलाई नै साढे दुई वर्ष लागेपछि अब पुल निर्माणको लागि म्याद थप गर्नुपर्ने देखिन्छ । तर म्याद थप गरेपनि लागत नबढ्ने बर्मा बताउँछन् ।

यो पुल ‘डिजाइन एन्ड बिल्ड’ अनुसारको ठेक्का सम्झौताअनुसार निर्माण हुन लागेकाले सम्झौतामा उल्लेख भएभन्दा बढी लागत नबढ्ने इन्जिनियर बर्माले स्पष्ट पारे । ‘डिजाइनमा कुनै परिवर्तन वा सुधार गर्नुपर्दा त्यसको लागत निर्माण व्यवसायीले नै बेहोर्छ, सरकारलाई थप आर्थिक भार पर्दैन,’ उनले भने ।

डिजाइन स्वीकृतिमा भएको ढिलाइका कारण निर्माण व्यवसायीले म्याद थपका लागि प्रक्रिया सुरु गरिसकेको पनि महाशाखाले जनाएको छ । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यो पुलको काम अब छिट्टै नै अघि बढ्ने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
y_t4IhGjxkTQ

एमाले केन्द्रीय सदस्यमा इन्ट्री हुँदैछन् यी युवा...

  • २ दिन अगाडि
balen1

बालेनले ल्याए ‘आम नेपाली बुवा’, हेर्नूस ‘झरीपछिको...

  • २ दिन अगाडि
Mugu-1-1024x576

धुनी तापेर पढ्दै विद्यार्थी

  • २ दिन अगाडि
KP-Sharma-Oli-UML-Meeting-1024x682

एमाले केन्द्रीय कमिटी बैठक सुरु

  • ३ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved