Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

यस वर्ष घरमै सीमित भयो जितियाको रौनक

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ३ महिना अगाडि

कावासोती । थारु समुदायले मनाउने मौलिक पर्व जितियामा यसवर्ष नवलपुरमा कुनै सार्वजनिक कार्यक्रम नहुने भएको छ । थारु समुदायले यसलाई धुमधामका साथ मनाउने परम्परा भए पनि यसपटक जेन-जी आन्दोलनका प्रभावका कारण जिल्लामा जितियाको रौनकता देखिएको छैन। हिजोदेखि सुरु भएको यस पर्वको आज मुख्य दिन हो ।

आश्विन कृष्ण पक्षको सप्तमी अष्टमी र नवमी तिथिमा तीन दिन सम्म मनाईने थारु महिलाहरुको पर्व जितियाको दोस्रो र मुख्य दिन आज व्रतालु महिलाहरु निराहार व्रत बसेर मनाउदै छ्न ।

सन्तानको दीर्घ जीवन तथा पारिवारिक सुख शान्तिका लागि मनाईने यो पर्व नवलपुर, चितवन सहित पुर्वी र पश्चिम नेपालका थारु र मधेसी समुदायका महिलाहरुले पनि मनाउने गर्द्छ्न ।

थारु संस्कृति अनुसार सप्तमीको दिनलाई “लाहा खाएके”, अष्टमीको दिनलाई “उपास” र नवमीको दिनलाई “पारन” भन्ने गरिन्छ । सप्तमीको बिहान ब्रतालुहरु नजिकको खोला–नदीमा गई तोरीको पिना प्रयोग गरी नुहाउँछन् । नुहाइसकेपछि अलिकति तोरीको पिना घिरौलाको पातमा राखेर खोलामा बगाउने चलन छ । त्यस दिनभरि ब्रतालु चोखो बसी बेलुका फेरि खोलामा गई नुहाउँछन् । सोही राती कुखुरा नबास्दै “डट्खट” वा दर खाने गर्दछन् ।

अष्टमीको दिन बिहान सबेरै ब्रतालुहरु सबैजना खोला–नदीमा गई स्नान गर्छन् र अघिल्लो दिनझै पातमा पिना राखी बगाउँछन् । स्नान पछि ब्रतालुहरुले पानी पनि नखाई उपवास बस्छन् । त्यसदिन महिलाहरु नयाँ र चोखो कपडा लगाई दिनभरि नै झमटा नृत्यमा झुमेर रम्छन र सांझ पख ब्रतालुहरु फेरि खोलामा गई पिनाले नुहाई पातमा अलिकति पिना बगाउँछन् । सोही दिन सांझ एकै ठाउँमा जम्मा भएर भगवान जीतबाहनको कथा (जितिया ब्रत कथा) सुन्ने गर्दछन । कथा सकिएपछि सबै जना घर गएर फलाहार गर्छन् । त्यसलाई “फराहर” भन्ने गरिन्छ ।

नवमीको दिन सबेरै सबै ब्रतालु फेरि खोलामा नुहाएर खोलाको किनारमा निराकार प्रतिमूर्ति (जसलाई थारु भाषामा “गरग्वाङ” भनिन्छ) बनाएर मासको गेडाले पूजा गर्ने गर्दछन । खोलाबाट घर आइसके पछि व्रतालुहरु दहि चिउरा, केरा लगायतका खानेकुरा खान बस्छन् तर खानु भन्दा अगाडि गुइँठाको अङ्गारमा काठको धुप बाली सबै खानकीको केही अंश चढाएर मात्र खान्छन् । त्यसलाई “पारन” भनिन्छ। त्यसपछि भने ब्रत सकिन्छ र ब्रत सकिएपछि अन्य परिकार माछा, मासु लगायत खान्छन् ।

पारनको दिन पनि दिनभरी झम्टा गीत र नृत्य गरिन्छ साथै सबैको घरबाट केरा, चिउरा, फलफूल जम्मा पारेर कथा भन्ने र पीपलको हाँगा काट्ने पुरुषलाई दिए पछि जितिया पर्व सकिन्छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
Kutumba-1766038151

कुटुम्बको ‘लाइभ म्युजिक’ कन्सर्ट काठमाडौंमा

  • २१ घण्टा अगाडि
rabi-lamichhane-baa

रवि लामिछाने आज कारागार मुक्त हुने

  • २१ घण्टा अगाडि
601953632_10225313283097485_3191257905718857191_n-edited-1536x1152

एमाले नेता अधिकारीद्वारा सक्रिय राजनीतिबाट बिदा लिएको...

  • २१ घण्टा अगाडि
keki_adhikari1

‘झिंगेदाउ २’ को सेटमा जन्मदिन मनाउँदै केकी...

  • २ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved