मुम्बई । अभिनेत्री जाह्नवी कपूर यतिबेला फिल्म ‘परम सुन्दरी’का कारण चर्चामा छिन् । अभिनेता सिद्धार्थ मल्होत्रासँग अनस्क्रिन रोमान्स गरेकी जाह्नवीको अभिनयलाई सबैले प्रशंसा गरेका छन् । उनको अभिनय रहेको फिल्म ‘सनी संस्कारी कि तुलसीकुमारी’को टिजर सार्वजनिक भएपछि जाह्नवीको कामको थप चर्चा भइरहेको छ । यो फिल्ममा उनले अभिनेता वरुण धवनसँग रोमान्स गरेकी छन् । अब जाह्नवी आमा श्रीदेवीको फिल्म ‘चालबाज’को रिमेकमा देखिँदै छिन् ।


फिल्मका निर्माताले ‘चालबाज’को रिमेक भर्सनका लागि जाह्नवीलाई प्रस्ताव गरेका छन् । ‘जाह्नवीका लागि चालबाज फिल्म मात्र होइन, धेरै कुरा हुन् । उनले यो फिल्ममा प्रमुख भूमिका निभाउने मौका पाउँदै छिन् । यो प्रोजेक्टलाई अहिले सावधानीपूर्वक अगाडि बढाइएको छ’, फिल्म निकट स्रोतले भनेको छ ।



स्रोतका अनुसार जाह्नवीले आमाको विरासतलाई ‘क्यास’ मात्र गर्न चाहँदिनन् । ‘उनी चालबाजको रिमेकका लागि आफ्ना वरपरका मानिसहरूसँग राय लिइरहेकी छन् । उनी उत्साहित छिन्, सँगै तुलनाहरूबाट सतर्क पनि छिन् । सेप्टेम्बरको अन्त्यसम्ममा रिमेकमा काम गर्ने वा नगर्ने भन्ने निर्णय लिनेछिन्’, जाह्नवी निकट स्रोतले भनेको छ ।









