Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

‘परिणीता’मा ७५ पटक अडिसन

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • १२ महिना अगाडि

मुम्बई । अभिनेत्री विद्या बालन बलिउडकै सुन्दर र हँसिली अभिनेत्रीमा चिनिन्छिन् । उनले करियरमा एकसेएक उत्कृष्ट फिल्म दर्शक र फिल्म उद्योगलाई दिएकी छन् । सन् २००३ मा बंगाली फिल्म ‘भालो थेको’बाट अभिनयमा डेब्यु गरेकी विद्याले सन् २००५ मा रिलिज फिल्म ‘परिणीता’बाट हिन्दी फिल्ममा पाइला चालिन् । विद्याले ‘परिणीता’का लागि ७५ पटक अडिसन दिएकी थिइन् । यो फिल्म बक्सअफिसमा ब्लकबस्टर बनेको थियो । यो फिल्मपछि बलिउडमा उनको भाग्य नै चम्कियो । यो फिल्मलाई निर्माताले २० वर्षपछि पुनः रिलिज गर्दैछन् ।

फिल्मको रिः रिलिजलाई लिएर विद्या निकै उत्साहित छिन् । फिल्ममा ‘ललिता’ चरित्रमा देखिएकी विद्या अहिले फिल्मको अडिसन सम्झँदा भावुक हुन्छिन् । ‘यो फिल्मका लागि मैले जुन संघर्ष गरे, त्यो संघर्ष अहिलेको पुस्ताको लागि प्रेरणा नै बन्छ किनकी ‘परिणीता’का लागि मैले ७५ पटक अडिसन दिनुपरेको थियो’, विद्या भन्छिन्, ‘मैले हरेक अडिसनमा आफ्नो कला निखारेँ र हरेकपटक आफूलाई उत्कृष्ट सावित गर्दै गएँ ।’

फिल्ममा प्रदीप सरकारको निर्देशन छ । फिल्ममा सैफ अली खान र सञ्जय दत्तको समेत अभिनय थियो । तर विद्याको अभिनयले सबैलाई अचम्मित बनाएको थियो । यो फिल्म शरदचन्द्र चट्टोपाध्यायको यही नामको उपन्यासमा आधारित छ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
khall

घरेलु मैदानमा मेक्सिकोको शान, ४० वर्षपछि नकआउट...

  • ४ हप्ता अगाडि
asar 15

लोक सञ्चारकर्मी नेपालको रोपाइँ दिवस : राजु...

  • ४ हप्ता अगाडि
GOAL-Multiple-Images-2-Split-Facebook-2025-12-08T221814.543.jpg-1024x576

आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६...

  • ४ हप्ता अगाडि
director-speaking-1024x768

काठमाडौँमा चिनियाँ चलचित्र महोत्सव : ‘तियानतान अवार्ड...

  • १ महिना अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved