Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

वेम्बली एरिनामा आँगनै भरी

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ४ महिना अगाडि

काठमाडौँ । भनिन्छ, १२ वर्षमा खोलो फर्किन्छ । बेलायतको प्रख्यात वेम्बली एरिनामा शनिबार नेपाली सांगीतिक ब्यान्ड नेपथ्य खोला जसरी नै फर्किएको छ । गत शनिबार बेलुका १० हजार दर्शकमाझ नेपथ्य गुञ्जिरहँदा त्यहाँ उपस्थित अधिकांश दर्शकले १२ वर्षअघि सोही स्थानमा भएको नेपथ्यकै कन्सर्ट सम्झिएका थिए ।

निर्धारित समयमै सुरु भएको कन्सर्टमा नेपथ्यले पहिलो गीत ‘कोसीको पानी’ सुनाएको थियो । उसले कन्सर्टमा ‘आँगनैभरि’लाई छुटाएन । नेपथ्य स्थापनाभन्दा धेरैअघि ब्यान्डका गायक अमृत गुरुङले यो गीत कास्कीको याङ्जाकोटमा लेखेका थिए । त्यहाँ अमृतलाई बास दिने उनका बाल्यकालका साथी पुस्कल गुरुङ यस गीतको रचनाका साक्षी हुन् ।

स्वास्थ्यका कारण नेत्रज्योति गुमाउँदै गएका पुस्कल वेम्बली एरिनामा अमृतले गीत सुनाइरहँदा त्यही उपस्थित थिए । ‘गाउँमा आफ्नै अघिल्तिर गितार बजाउँदै अमृतले तयार पारेको यस गीतले झन्डै ३५ वर्षपछि पनि लन्डनको यस्तो भव्य समारोहमा मेरै सामुन्ने यति मानिसलाई मग्न बनाउला भन्ने त कल्पनामा पनि थिएन’, उनी भन्दै थिए ।

अन्तिम प्रस्तुति ‘रातो र चन्द्रसुर्जे’ प्रस्तुत गरेपछि ब्यान्ड मञ्चबाट बिदा हुने परम्परा भए पनि यहाँ भने अमृत ‘हिमाल चुचुरे’ सुनाएर बिदा भए ।

अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिएका थिए ।

यसपटकको वेम्बली यात्रा बेलायतकै बिएसके इन्टरटेनमेन्ट र पर्चा प्रोडक्सनले आयोजना गरेको थियो । वेम्बली एरिनालगत्तै नेपथ्यले युरोपको शृंखला यात्रा गर्दै छ । त्यस क्रममा २३ अगस्टमा डेनमार्कको कोपेनहेगन, २७ अगस्टमा माल्टाको आटार्ड, ३१ अगस्टमा पोर्चुगलको लिस्बन हुँदै अन्तिममा ३ सेप्टेम्बरमा बेल्जियमको एन्थ्रोपेनमा प्रस्तुति दिएर नेपथ्यको यात्रा टुंगिनेछ ।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
y_t4IhGjxkTQ

एमाले केन्द्रीय सदस्यमा इन्ट्री हुँदैछन् यी युवा...

  • ३ दिन अगाडि
balen1

बालेनले ल्याए ‘आम नेपाली बुवा’, हेर्नूस ‘झरीपछिको...

  • ३ दिन अगाडि
Mugu-1-1024x576

धुनी तापेर पढ्दै विद्यार्थी

  • ३ दिन अगाडि
KP-Sharma-Oli-UML-Meeting-1024x682

एमाले केन्द्रीय कमिटी बैठक सुरु

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved