चर्चित गायिका कोमल वलीको नयाँ तीज गीत “सिंगापुरे सारीमा” सार्वजनिक भएको छ । यादव प्रसाद पन्त र बसन्त योगीको शब्द रहेको गीतमा स्वर कोमल वलीको रहेको छ भने संगीत एवं एरेन्ज पुष्कर सुनुवारले गरेका छन् ।


गीतको भिडियो एक कार्यक्रमबीच नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले विमोचन गरेका हुन् । गीत विमोचन गर्दै अध्यष लम्सालले गायिका वलीले आवाज दिएको उक्त गीत ‘सिंगापुरे सारीमा’ शँद तथा भिडियो उत्कृष्ट भएको प्रतिक्रिया दिए ।



विशेष गरी दर्जनौँ लोक तथा दोहोरी गीतमा निकै चर्चा कमाएकी गायिका वलीले नेपाली चलचित्रका गीतसमेत गाएकी छन् । पछिल्लो समय राजनीतिमा होमिएकी गायिका वलीले यो वर्ष ‘सिंगापुरे सारीमा’ लगाएतका तिज गितमा पनि आफ्नो स्वर भरेकी छन् ।

इक्षा अधिकारी र स्वं कोमल वलीको अभिनय रहेको ‘संगापुरे सारीमा’ गीतको भिडियोको कोरियोग्राफी तथा निर्देशन प्रसान्त मगरले गरेका छन् भने भिडियो दिनेश पराजुलीले खिचेका हुन् ।
गायिका वलीको बिहे गर्ने आश अझै नमरेको र त्यसका लागि भगवान शिवजीलाई पुकार गरेको आशय गीतको शब्दमा सुन्न पाइन्छ । भिडियो पनि भगवान शिवकै आरधना तथा पूजा गर्दै विहेको लगन नजुराइदिएको र यसपालिको तिजमा केही हुने अपेक्षलाई समेटिएर भिडियो निर्माण भएको निर्देशन प्रसान्त मगरले बताए ।








