भारतको जयपुरमा आयोजना हुन लागेको ‘मिस टिन अर्थ २०२५’मा प्रिन्सेस मल्लले नेपालको प्रतिनिधित्व गर्ने भएकी छन् । आगामी ३ देखि ९ अगस्टसम्म हुने प्रतियोगितामा १९ वर्षीया प्रिन्सेसले सहभागिता जनाउन लागेकी हुन् ।


प्रिन्सेस ‘एस अफ मोडेल्स अन फायर’ नामक सौन्दर्य प्रतियोगिताको विजेता हुन् । प्रिन्सेस १५ साउनमा जयपुर प्रस्थान गर्नेछिन् । उनले क्याप्चर फोटोग्राफी नेपालको तर्फबाट नेपालको प्रतिनिधित्व गर्नेछिन् ।



यो संस्था पविन्द्र श्रेष्ठद्वारा स्थापित र निर्देशित छ, जसले नेपालमा धेरै सौन्दर्य प्रतियोगिता र मोडलिङ कार्यक्रम आयोजना गर्दै आएको छ । प्रिन्सेसको कोरियोग्राफी र स्टेज तालिमको जिम्मेवारी अजय गुरुङ र रोहन श्रेष्ठले सम्हालेका छन् ।









