काठमाडौँ । शंकर श्रेष्ठ र ममता गुरुङको स्वर रहेको ‘सर्यो सर्यो’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा शैलु आचार्यको शब्द तथा किरण भुजेलको संगीत रहेको छ । गीतको भिडिओमा गायक शंकर र अभिनेत्री गरिमा शर्माको अभिनय छ ।


गीतको भिडिओमा १ प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानी र बिछोडका पल देखाउन खोजिएको छ । जहाँ शंकर र गरिमार भिडिओमा रोमान्टिकसमेत देखिएका छन् । भिडिओ सान थापाले निर्देशन गरेका हुन् भने रोशन विश्वकर्माको कोरियोग्राफी रहेको छ । भिडिओको सम्पादन दिपसन शाहले गरेका हुन् ।











