Skip to content
Follow us:
Facebook Youtube
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली
  • समाचार
  • देश
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • खेलकुद
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरंजन
  • जीवनशैली

कमेडी नाइट विथ च्याम्पियन आर्थिक संकटमा, लगानीकर्ताबिच विवाद

  • Picture of अनलाइन सेरोफेरो अनलाइन सेरोफेरो
  • ८ महिना अगाडि

गाेपी कृष्ण चापागाईं
काठमाडौँ। कमेडी नाइट विथ च्याम्पियनका निर्माता विशाल भण्डारीले फेसबुकमा लामो स्ट्याटस राख्दै गुनासो पोखेका छन्। उनले आफ्नै कम्पनीका एक लगानीकर्ताले आफूमाथि अन्याय गरी कम्पनीलाई नै धरापमा पारेको आरोप लगाएका छन्। उनले नाम नखुलाई एक लगानीकर्ताले सम्झौताविपरीत २ करोड ४० लाख रुपैयाँ असुलेको र निरन्तर मानसिक यातना दिइरहेको खुलासा गरेका हुन्।

भण्डारीले लेखेका छन्, ‘राज्य प्रशासनमा भएको पहुँचको दुरुपयोग गर्दै उनले मेरै विरुद्ध बैंकिङ कसुरमा मुद्दा हालेर मलाई दबाबमा राखी २ करोड ४० लाख रुपैयाँ असुले।’ भण्डारीले आफूले लगानीभन्दा बढी ९० लाख रुपैयाँ फिर्ता दिनुपरेको र सो रकमको प्रमाण आफूसँग सुरक्षित रहेको बताएका छन्। यो विवादका कारण कम्पनीको आर्थिक अवस्था संकटमा परेको र ‘कमेडी च्याम्पियन सिजन ३’ का विजेतालाई घोषित पुरस्कार गाडी दिन नसकिएको तथा केही कर्मचारीको तलबसमेत रोकिएको उनले उल्लेख गरेका छन्।

अहिले दुवै पक्षबिच जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनमा विभिन्न मुद्दा चलिरहेको छ। भण्डारीले ती लगानीकर्ताले मुद्दाको पेसी सारेर, मिलापत्र गर्न नमानेर तथा कम्पनीको काममा निरन्तर अवरोध गरेर आफूलाई हैरान पारेको बताएका छन्। उनले आफ्नो स्टाटसमार्फत सरकार, कानुन र न्यायालयसँग आफू र आफ्नो टिममा आश्रित १०० भन्दा बढी कलाकार तथा प्राविधिकको भविष्यका लागि न्याय र काम गर्ने वातावरणको माग गरेका छन्।

कमेन्ट गर्नुहोस

पत्र-पत्रिका बाट

सबै
images

कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी

  • २ वर्ष अगाडि
ss

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

  • २ वर्ष अगाडि
tamor_ojlw6yHl2a

चीनसँग जोडियो तमोर कोरिडोर

  • २ वर्ष अगाडि
ghar jagga

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४...

  • २ वर्ष अगाडि

ताजा खबरहरु

सबै
iran-1

मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि कूटनीति उपाय अपनाउन...

  • १० घण्टा अगाडि
InShot_20260228_150120445-scaled

उम्मेदवार पाएर उत्साहित हुप्सेकोट, सय जना कांग्रेसमा...

  • १० घण्टा अगाडि
namrata_sapkota

नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी हुन् ?

  • ४ दिन अगाडि
congress

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

  • ४ दिन अगाडि

हाम्रो बारेमा

अनलाईन सेरोफेरो मिडिया द्वारा संचालित

प्रधान कार्यालय :

देबचुली न.पा. – ०४, नवलपरासी (ब. सु. पू. )


उद्याेग दर्ता नम्बर : ३५५९/०८०/०८१

सुचना बिभाग दर्ता नम्बर : ४५७६-२०८०/२०८१

सुचिकरण नम्बर : ४५९०-२०८०/०८१

स्थायी लेखा नम्बर : १२६४२४०३६


बिज्ञापनको लागि: 

9844786219

हाम्रो टीम

प्रबन्ध निर्देशक/सम्पादक:

नबराज अधिकारी


बजार ब्यवस्थापक:

ऋषिराम लम्साल


सम्बाददाता:

गाेपी कृष्ण चापागाईं (काठमाडौँ)

बाबुराम सिग्देल (काठमाडौं )

नारायण प्रभु (नवलपरासी पूर्व)

गगन कुमार न्याैपाने (नवलपरासी पूर्व)

राम नारायण अधिकारी (सर्लाही )

बिमल भट्टराई (नवलपरासी पश्चिम)

रोहित भट्टराई (झापा)

सम्पर्क

सम्पर्क नम्बर: 9844786219

इमेल: [email protected]

फेसबुक:

Online Serofero © 2024 All right reserved